काठमाडौं । अहिले जताततै कोभिड महामारीले सबैलाई आक्रान्त बनाएको छ । कोरोना संक्रमित मात्र होइन संक्रमण नभएकाहरु समेत त्रासमा छन् । यसको प्रत्यक्ष असर निन्द्रमा पर्दछ । डर,भय,चिन्ता,आशंका र अनिश्चय जस्ता कुराहरुले मानिसमा तनाव सिर्जना गर्दछ । यसले गर्दा धेरै मानिसमा राती निन्द्रा नलाग्ने सम्भावना बढी रहन्छ ।

यस्ता मान्छेका लागि एक्युप्रेसर सबैभन्दा राम्रो उपाय हुन्छ । यसका लागि अस्पताल नै गइरहनुपर्दैन । सुत्नु अघि आफैंले यो विधि अपनाएर अनिद्रा लगायत शरीरका धेरै समस्याबाट छुटकारा पाउन सकिन्छ । यस विधिमा शरीरका विशेष भागमा दबाब दिएर मज्जाको निन्द्रा निदाउन सकिने विज्ञहरु बताउछन् ।

आरामको निन्द्राको लागि सुत्नुभन्दा अगाडि शरीरका तीन विन्दुमा दबाब दिनु पर्दछ । गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भाग । सुत्नुअघि यहाँ चारदेखि पाँच सेकेन्डसम्म थिच्नुपर्छ ।

नाडीबाट तीन औंलाको दूरी माथि रहेको भागमा पाँच मिनेटसम्म दबाब दिए सुत्न सजिलो हुन्छ । यस्तै पाइतालाको मध्यभागमा पहिला ३० सेकेन्ड दबाब दिने र पाँच सेकेन्ड छोड्ने । यो प्रक्रिया केहीबेर दोहोर्याइरहने गर्नाले पनि निन्द्रा लाग्छ ।

निन्द्र नलाग्नुको मुख्य कारण हो तनाव । तर तनाव भयो भन्दैमा तुरुन्त औषधिको सहारा लिनुहुन्न । बरु हातको कान्छी औंलामुनिको नाडीमा हलुका दबाब दिनुस् । केही समय यसरी दबाब दिँदा तनाव हट्छ ।

हत्केलाभन्दा लगभग तीन सेन्टीमिटर तलको भागलाई दबाउँदा अपच र चिन्ता जस्ता स्वास्थ्य सम्बन्धी समस्यामा राहत मिल्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah