१९ जेठ, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार १२ कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । यस दिन नौ फाइनान्ससहित १२ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढि कमाएका छन् ।
आज सानिमा माइ हाईड्रो कम्पनी र राष्ट्रिय बीमा कम्पनी लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस दिन यी दुई कम्पनी शेयरमूल्य १० प्रतिशतले वृद्धि भई लगानीकर्ताले धेरै कमाउन सफल भएका हुन् ।
त्यस्तै, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, मन्जुश्री फाइनान्स, जानकी फाइनान्स, लुम्बिनी विकास बैंक र आईसीएफसी फाइनान्स, नेपाल पुनर्बी, रिलायन्स फाइनान्स र गुवश्वरी फाइनान्सका लगानीकर्ताले धेरै कमाएका हुन् ।
हेरौं कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?




