काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकारमा रहेका एमालेका अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ र यातायात मन्त्री वसन्त नेम्वाङबाहेक अरू सबै मन्त्री हटाउनुभएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, पर्यटन मन्त्री भानुभक्त ढकाल, वन मन्त्री प्रेमबहादुर आले, कृषि मन्त्री पद्मा अर्याल, सञ्चार मन्त्री पार्वत गुरुङ, सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना, भूमि व्यवस्था मन्त्री शिवमाया तुम्बाहाम्फे र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो मन्त्रीबाट हट्नुभएको छ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, स्वास्थ्य राज्यमन्त्री नवराज रावत र वाणिज्य राज्यमन्त्री विमला विक पनि हट्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्नुभएको हाे । जनता समाजवादी पार्टीका आठ मन्त्री र दुई जना राज्यमन्त्रीले शपथ लिएका छन् । नयाँ मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री रहेका छन् । नयाँ र पुराना गरी आज १७ जनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । फाइल फाेटाे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah