पाल्पा – जिल्ला प्रशासन कार्यालय, पाल्पाले औषधि व्यवस्था विभागबाट स्वीकृति नलिइ बिक्रीका लागि राखिएका ह्याण्ड स्यानिटाइजर बरामद गरेको छ । सदरमुकाम तानसेनमा रहेका औषधि पसल तथा स्टोरमा आकस्मिक अनुगमन गर्दा अनुमति बिनाका ७५ लिटर भन्दा बढी ह्याण्ड स्यानिटाइजर बरामद गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्वीकृति नलिएका ह्याण्ड स्यानिटाइजर गुणस्तरहीन र हानिकारक हुन सक्ने भएकाले जफत गरिएको प्रशासनको भनाइ छ । औषधि व्यवस्था विभागले स्वीकृति दिएका ६१ वटा बाहेक अन्य कम्पनीका समेत स्यानिटाइजर बिक्रीका लागी राखिएको पाइएकाे प्रशासनले जनाएकाे छ ।
यसरी विभागबाट स्वीकृत नभएका स्यानिटाइजर बिक्री नगर्न सचेत गराएकाे छ । उपभाेक्तालाई पनि स्वीकृति प्राप्त स्यानिटाइजर मात्रै प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।



