धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा आइतबार बिहान फेला परेका रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका एक युवा गएराति ११ बजेसम्म छिमेकीको विवाह भोजमा रहेको खुलेको छ ।
उक्त नगरपालिकाको वडानम्बर ४, मनौरा टोलका ३५ वर्षीय महेन्द्र यादवको शव आइतबार बिहान एक महिलाले देखेर खबर गरेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी सत्यनारायण थापाका अनुसार यादव गएराति ११ बजेसम्म छिमेकमा एक विवाह भोजमा रहेको प्रत्यक्षदर्शीले बताएका छन् । हत्या कसले र किन गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।
उक्त वडाका वडाध्यक्ष विनोदकुमार श्रीवास्तवका अनुसार यादवलाई ११÷१२ बजेको समयमा घर फर्किने बेलामा ४÷५ जना मानिसले समातेर लगेर हत्या गरेको आशंका गरिएको छ ।
मृतक यादवका आमा, बुबा, श्रीमती, दुई छोरा र एक छोरी छन् । रातो पाटि बाट साभार



