झापाको दमकमा प्रारम्भिक नतजिाले ठूला राजनीतिक दलहरुलाइ झस्काएको छ । सबैभन्दा ठूलो क्षति नेपाली काँग्रेसले बेहोर्न सक्ने प्रारम्भिक अनुमान रहेको छ । सहजै जित अनुमान गरेका नेकपा एमालेका रोमनाथ ओली र राप्रपाका राम थापा पक्षधरलाइ प्रारम्भिक नतिजाले झस्का पसेको छ ।
प्रारम्भिकमात्र मत परिणाम भएकाले अहिले पनि अनुमान लगाउन भने सकिदैन । यद्यपि दमकमा राजनीतिक रुपमा संबिधानसभा निर्वाचनमा चौधो बनेको माओबादी केन्द्रले ठूला दललाइ कडा टक्कर दिनेछ ।
माओबादी केन्द्रका मेयरका उम्मेद्वार पुरीको पक्षमा प्रारम्भिक रुपमा देखिएको मत कतिपय दलहरुलाइ अनपेक्षित रहेको छ । दमक नगरपालिका अगाडि सबै पार्टीका कार्यकर्ताहरुको बाक्ले उपस्थिति रहेको छ ।
काँग्रेस र एमालेभित्र अन्र्तघातको चर्चा शुरु भएको छ । यद्यपि पार्टीका नेताहरुले यो प्रारम्भिक नतिजाले केहि फरक नपार्ने बताउदै कार्यकर्ताहरुलाइ आशाबादी हुन आग्रह गरिरहेकाछन् ।
पार्टीका नेता तथा कार्यकर्ताहरुले अन्र्तधात गरेकै हुन त ? कस्कस्ले अन्र्तरघात गरे होला भनेर पनि अड्कल बाजि चल्न शुरु गरेकाछन् । दमकमा चौपक्षिय प्रतिस्पर्धा हुने आकलन गरिदै आएको छ ।



