झापा । कचनकवल गाउँपालिका–४ दले गाउँका नासिफ मियाँलाई नेपालीभन्दा भारतीय छिमेक नजिक पर्छ। मियाँको घरको छानाको पानी भारतीय छिमेकीको आँगनमा खस्छ। त्यसैले सीमा विवाद भइरहँदा पनि उनी छिमेक सम्बन्ध नबिगारी बसेका छन्। नेपालमा लकडाउन, नाकाबन्दी हुँदा तिनै छिमेकीले रासन दिएर बचाउँछन्। अनि ती छिमेकीसँग उनी किन बाँझ्छन् र ?

निषेधाज्ञामा पसल खुल्दैनन्। यस्तोे अवस्थामा भारतका छिमेकीले लुकिछिपी रासन ल्याएर नेपालीलाई नबेच्ने हो भने उनीहरूको छाक कसरी टथ्र्यो र ? मियाँले गत सालको कोरोनाको लहर सम्झिए। नेपालमा गत वर्ष कोरोना महामारीका कारण गरिबले खान नपाएको उनले पनि सुने। तर, सरकारले सीमा क्षेत्रका बासिन्दालाई खाद्यान्न छ–छैन भनेर सोधखोज गरेन।

सीमामा जोडिएरै बसेका ३४ घरका नेपाली आर्थिक रूपले सम्पन्न छैनन्। उनीहरूसँग जग्गाजमिन थोरै छ। भरपर्दो जागिर कमैको मात्र छ। तर, आफ्नै सरकारले वास्तै नगरेको गुनासो उनीहरूको छ। भारतीय छिमेकीकै कारण उनीहरूलाई खाद्यान्न अभाव कहिल्यै पनि भएन।

मर्दाको मलामी र जिउँदाको जन्ती भएर बसेका सीमा क्षेत्रका दुवै देशका बासिन्दाबीच प्रगाढ सम्बन्ध छ। पश्चिममा झैं चरम सीमा विवाद पूर्वमा नपरे पनि भावनात्मक असर भने बेलाबखत पर्ने गरेको स्थानीय सुनाउँछन्। झापाको पूर्वी सीमा क्षेत्र इलामबाट गौरीगन्जसम्मका नेपाली अधिकांश भारतीय बजारमा निर्भर छन्। उनीहरूलाई हरेक कुरा नेपालभन्दा भारतसँग सरोकार हुन्छ। छोरीचेलीको बिहेवारी चल्छ। तरकारी ऐचोपैंचो चल्छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah