धनुषा – धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ मा एउटै पोखरीमा डुबेर पाँच बालिकाको ज्यान गएको छ ।

दिउँसो साढे १२ बजे पौडी खेल्न गएका १० देखि १३ वर्ष उमेर समूहका उनीहरुमध्ये पाँच जनाको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले उज्यालोलाई जानकारी दिनुभयो । पौडी खेल्न आठ जना बालिकाहरु गएका थिए ।

उहाँकाअनुसार स्थानीय पल्टु यादवकी १२ वर्षकी छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षकी छोरी चन्द्रकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षकी छोरी मञ्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षकी छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षकी छोरी ललिता साहको ज्यान गएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे र अहिले अरु बालबालिकाहरु पनि डुबेका छन् कि भनेर खोजी भइरहेको एसपी रानाभाटले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah