झापाको दमकमा प्रारम्भिक चरणको मत परिणामलाइ मत ‘फिक्सिङ’ भएको संकेत मिलेको छ । सबैभन्दा बढि ‘फिक्सिङ’ नेपाली काँग्रेसमा देखिएको छ ।

राप्रपा र एमालेमा पनि ‘फिक्सिङ’ भएको मत गणनामा बसेका पार्टीका प्रतिनिधिहरुले बताएकाछन् । काँग्रेसको मेयरमा पदमा बढि ‘फिक्सिङ’ भएको जनाईएको छ । अरु पार्टीहरुमा पनि ‘फिक्सिङ’ भएको देखिएको उनिहरुले बताएकाछन् ।

वडा नं. १ मा भइरहेको मतगणनामा झिनो अन्तरमा नेकपा एमालेका मेयरका उम्मेद्वार रोमनाथ ओलीले अग्रता लिएकाछन् । माओबादी केन्द्रका गगन पुरीले पछ्याइरहेकाछन् ।

राप्रपाको सबैभन्दा राम्रो र बलियो मानिएको यो वडामा राप्रपाका मेयरका उम्मेदवार राम थापालाइ पनि क्षति पुगेको बिश्लेषण गरिएको छ ।

नेपाली काँग्रेस भने यहाँ कमजोर देखिएको छ । ढुण्डिराज भण्डारी पछिल्लो मतपरिणाममा पनि चौधोमा देखिएकाछन् । यद्यपि काँग्रेसका उपमेयरकी उम्मेदवार रेगिना भट्टराइ पनि दोश्रो स्थानमा रहेकीछन् ।  मेयरको तुलनामा उपमेयरमा एमालेमा मात्र सरोबरी जस्तो मत आएको छ अन्य पार्टीमा यस्तो देखिएको छैन ।

मत परिणामबाट चारवटै प्रमुख राजनीतिक दलहरु सन्तुष्ट छैनन् । अनेपेक्षित परिणामको रुपमा उनिहरुले यसलाइ हेरेकाछन् । बिहान माओबादीले कडा टक्कर दिएपछि दमकको राजनीतिक माहोल निक्कै तातेको थियो । दमक नगरपालिका गेटमा अहिले मतदाताहरु उत्सुकता पूर्वक मतपरिणाम चासो पूर्वक कुरेर बसिरहेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah