विष्णुप्रसाद पोखरेल

दमक / झापाको दमकमा निषेधाज्ञा बढार्ईएपनि बित्तिय संस्थाहरु भने ४ दिन खुल्न पाउने भएकाछन् । यसभन्दा अघि २ दिनमात्र खोल्न भनिएको थियो । सोमबार दमक नगरपालिका प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण पालिका स्तरीय संरचना समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला कोरोना भाईरस संकट व्यवस्थापन समिति, झापाको आईतवारको निर्णय माथि छलफल गरी जिल्ला प्रशासन कार्यालय, झापाबाट जारी भएका निषेधाज्ञालाई समेत आधार मानेर दमक नगर क्षेत्र भित्रमिति आज राती १२ बजे देखि लागू हुने गरी मिति २०७८ असार ७ गते राती १२ बजे सम्म निषेधाज्ञालाई कायम राख्ने निर्णय गरिएको दमक नगर पालिका उपप्रमुख गीता अधिकारीले बताएकीछन् ।

बैक तथा वित्तिय संस्थाको सम्वन्धमा सम्वन्धित माथिल्लो निकायको स्वीकृति लिई न्युनतम कर्मचारीकोउपस्थितिमा आईतवार, मंगलबार, विहिवार र शुक्रवार आलोपालो मिलाई सञ्चालन गर्न पाउने निर्णयमा उल्लेख रहेको छ । सहकारी संस्थाहरुले घर, पसल तथा समूहमा गई वचत रकम संकलन गर्ने कार्य भने रोकिराख्न पनि भनिएको छ ।

दमकमा ब्यापार ब्यवसाय तथा पसलहरुको हकमा जिल्लामा प्रशासन कार्यालय झापाको निर्णयलाई नै यहाँको निर्णयको रुपमा लिईएको छ । खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दुध डेरी, पुस्तक, हार्डवेयर पसल विहान ६ बजे देखि १० बजे सम्म खुल्ला रहने निर्णयमा उल्लेख छ।

अहिलेसम्म कार्यन्वयनमा नआएपनि दमक नगरपालिकाले फेरी पनि सवारी साधनहरु सञ्चालनमा पनि रोक लगाएको निर्णय भने कायमै राखेको छ । अत्यावश्यक सेवाहरु वाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारी साधन मिति २०७८ जेठ ३१ गते राती१२ बजे देखि २०७८ असार ०७ गते राती १२ बजेसम्म दमक नगर क्षेत्र भित्र सञ्चालनमा पूर्ण रुपले रोक लगाउने, निर्णयमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah