पाँचथर, १५ असार– एमालेको गढ क्षेत्रको रुपमा रहेको पाँचथरका चार गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता बनाएको छ । नेकपा एमालेको लालकिल्लाको रुपमा चिनिने पाँचथरका तुम्वेवा, याङवरक, हिलिहाड, कुम्मायक गाउँपालिकामा शुरुवात देखिनै नेपाली कांग्रेसले अग्रता बनाएको छ ।

कुम्मायक गाउँपालिका अध्यक्षमा कांग्रेसका बमप्रसाद लावतीले ३ सय ६९ मत प्राप्त गरेका छन्। एमालेका जयवहादुर चेम्जोङको पक्षमा ३ सय २५ मत पाएका छन्। उपाध्यक्षमा एमालेकी सीता आचार्यले ३ सय ६० मत प्राप्त गरेकी छन्। राप्रपाका जितबहादुर अगुवाले २ सय ५३ मतका साथ पछ्याइरहेका छन्। संघीय समाजवादीका सूर्य्किरण राईले ४५ मत प्राप्त गरेका छन्। जिल्लाको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्बेवा गाउँपालिकामा पनि कांग्रेसकै अग्रता छ। कंग्रेसका होमनाथ थापा २ सय ६३ मतका साथ अग्रस्थानमा छन्। उनलाई माओवादी केन्द्रका देवेन्द्र खत्रीले २ सय ४ मतसाथ पछ्याएका छन्।

 

उपाध्यक्ष पदमा एमालेका धन साँवाको ३ सय ६० र राप्रपाका घलेन्द्रबहादुर कुरुम्बाङको २ सय ५३ मत पाएका छन्। हिलिहाङ गाउँपालिकामा अग्रता लिएका कांग्रेसका अध्यक्षका उम्मेदवार समरबहादुर अधिकारीको १ सय ३५ मत छ। एमालेका भुवानीप्रसाद लिङदेनको ५० मत छ। माओवादी केन्द्रका रविन तिम्सिनाको ९ मत मात्रै छ। उपाध्यक्ष पदमा भने कांग्रेसकी ताराकुमारी योङहाङ र एमालेकी सुमित्रा सेढाईको समान ७५ मत छ। माओवादी केन्द्रकी एलिसा वाग्लेको ४४ मत छ।

याङवरक गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका शेरवहादुर नुगो १५६ मतका साथ अगाडि छन्। उनलाई एमालेका लेखनाथ घिमिरेले १५१ मतका साथ पछ्याइरहेका छन्। माओवादी केन्द्रका भीम मावो २७ मतका तेश्रो स्थानमा छन् । उपाध्यक्ष पदमा भने एमालेको कमला योङहाङ १२९ मतका साथ अगाडि छिन् । उनलाई कांग्रेसकी कल्पना कोइरालाले १ सय ८ मतका साथ पछ्याइरहेकी छन्। माओवादी केन्द्रकी इन्दिरा पोख्रेलको भने २२ मत छ ।

जिल्लाको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पनि मतगणना जारी नै छ तर मतपरिणाम सार्वजनिक भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah