(साउथ एसिया चेक) – केही दिनयता कोराेना विरुद्धकाे खोप लगाएका मानिसको शरीरमा चुम्बकीय शक्ति हुने दाबी गरिएका भिडियो सामाजिक सञ्जालमा शेयर भएका छन् । ती भिडियोमा कोराेना विरुद्धकाे खोप लगाएपछि मानिसका पाखुरा, निधार, छातीमा स्टिलको चम्चा, थाल, चाबी टाँसिएको दृश्य देखाइएका छन् ।

फेसबुक प्रयोगकर्ता राहुल बस्नेतले पोष्ट गरेको भिडियोमा काठमाण्डाैमा बस्ने संगीता तिमिला नाम गरेकी महिलाले कोराेनाको खोप लगाएपछि उनको शरीरमा ‘चम्चा थाल टाँसिन थालेको र शरीर नै चुम्बकजस्तो भएको’ दाबी छ। त्यस्तो देखेर डाक्टर नै चकित परेको दाबी भिडियोमा गरिएको छ। सो पोष्टलाई पाँचपटक शेयर गरिएको छ भने त्यसमा ३५ वटा प्रतिक्रिया छन्। तिमिलाले कोराेनाको खोप लगाएपछि शरीरमा चुम्बकीय शक्ति आएको दाबी सम्बन्धी समाचार ‌ओएस नेपाल र केटिएम नामक अनलाइनले प्रकाशित गरेका छन् । करीब ९० हजार बढीले लाइक गरेको लभ नेपाल नामक फेसबुक पेजमा पनि उक्त भिडियो शेयर गरिएको छ। तिमिलाको उक्त भिडियो युट्युबमा पनि पोष्ट गरिएको छ। त्यस भिडियोलाई करिब ५ हजार पटक हेरिएको छ।

फेसबुकमा अर्का प्रयोगकर्ताले पनि स्टिलको टिफिन बट्टा र चम्चा पाखुरामा टाँसिएको २ मिनेटको भिडियो पोष्ट गरेका छन्। उनले यो कोराेनाको यो भ्रम हो कि यथार्थ भनेर जिज्ञासा पनि राखेका छन्।

अर्को लोकप्रिय प्लेटफर्म टिकटकमा पनि यस्ता भिडियो शेयर भएका छन्। @youredeadtome.ee नामक टिकटक एकाउन्टबाट आफ्ना अघिल्लो दिनमात्र खोप लगाएका पिताको हातमा चम्चा टाँसिएको भन्दै शेयर गरिएको भिडियोमा ३९ हजार भन्दा बढी प्रतिक्रिया आएका छन् भने १२०० भन्दा बढी शेयर भएको छ।

यस्तै अर्का टिकटक प्रयोगकर्ता @kasthamandap_tattoo_inn ले पनि पाखुरामा स्टिलको प्लेट टाँस्दै आफ्नो खोप कार्ड समेत राखेर बनाएको भिडियोमा ५० भन्दा बढी प्रतिक्रिया आएका छन् भने ३६ पटक शेयर भएको छ।

अर्की प्रयोगकर्ता सकुन्तला चौहानले (@sakuntalachauhan) ले पनि डाडु पाखुरामा टाँसिएको भिडियो शेयर गरेकी छन्। उनको उक्त भिडियो मा २५०० लाइक र ५९३ पटक शेयर भएको छ।

तथ्य जाँच
साउथ एसिया चेकले सामाजिक सञ्जालमा फैलिएको कोराेनाको खोपले शरीर चुम्बकीय बन्छ भन्ने दाबीको तथ्य जाँच गरेको छ।

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनचेतनाका लागि जारी गरेको सामग्रीमा भनेको छस् “कोराेनाको खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरु हुँदैन । त्यसैले यस्ता अफवाहको विश्वास नगरौं । कोभिड(१९ को खोप सुरक्षित र प्रभावकारी छ र यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन।”

कोराेनाको खोपले शरीरलाई चुम्बकीय बनाउँछ भन्ने भ्रामक भिडियो नेपालमा मात्रै होइन, विश्वभर फैलिरहेको छ। यस्ता सूचनामाथि विश्वका तथ्य जाँचकी संस्थाले खोजबिन गरेका छन्।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी) ले पनि त्यस्ता समाचारलाई चिर्न एउटा सूचना जारी गरेको छ। त्यस सूचनामा भनिएको छ, -खोपले शरीरमा वा खोप लगाइने पाखुराजस्ता ठाउँमा त्यस्तो कुनै चुम्बकीय असर उत्पन्न गराउँदैन।

सीडिसीको वेबसाइटमा लेखिएको छ : “कोभिड(१९ खोपहरूमा इलेक्ट्रोम्यागनेटिक प्रभाव उत्पन्न गराउने कुनै तत्वहरू हुँदैनन्। सबै कोभिड खोपहरू आइरन, निकल, कोबाल्ट, लिथियमजस्ता धातु र दुर्लभखाले मिश्रित धातु (एलोय) र माइक्रोइलेक्ट्रोनिक्स, इलेक्ट्रोड्स, कार्बन नानोट्युब्स र तार प्रयोग नहुने त्यस्ता प्रभाव आंशिक रूपमा प्रवाह हुने सेमिकन्डक्टरजस्ता प्रशोधित उत्पादनहरू हुँदैनन्।”

सीडिसीले उल्लेख गरेका उपरोक्त सामग्रीहरू चुम्बकीय प्रभाव तयार पार्ने तत्वहरू हुन्। कोबाल्ट, आइरन, निकल, लिथियम र एलोय चुम्बक बनाउन प्रयोग हुने धातु हो। सेमिकन्डक्टरहरु चाहिँ विद्धुत प्रवाह गर्ने धातुहरु हुन्।

उसले भनेको छ, “यदि त्यो चुम्बकीय धातु नै भएको भए पनि मिलिलिटरमा हुने खोपको मात्रा त्यस्तो प्रभाव देखिनका लागि पर्याप्त हुँदैन।”

रोयटर्स समाचार संस्थाले गरेको तथ्य जाँचमा अमेरिका र बेलायतमा स्विकृति दिइएका कुनै पनि कोभिड खोपमा धातुजन्य पदार्थ नभएको जनाएको छ। उसले लेखेको छ, “अन्य केही खोपमा निकै कम मात्रामा एल्मुनियम हुने भए पनि अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले त्यसबाट खतरा नहुने र त्यो सबै खाना र पिउने पानीमा प्राकृतिक रूपमा पाइनेजस्तो निकै कम हो।”

धातु शरीरमा किन टाँसिन्छ ?
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले कोराेनाको खोपले शरीरलाई चुम्बकीय बनाउने अवस्थासँग कुनै सम्बन्ध नरहने बताउँदै धातुहरू टाँसिनुका पछाडि बेग्लै कारणहरू हुने बताउनुहुन्छ ।

“ह्युमिडिटि (हावामा हुने आर्द्रता) को कारणले शरीरमा चिपचिप हुन्छ,” डा कार्की भन्नुहुन्छ, “छालामा चिल्लो पदार्थ वा पसिनाले गर्दा नुनिलो जम्मा भएमा टाँसिने सम्भावना हुन्छ।”

नेपाल भौतिक विज्ञान समाजका सभापति प्राध्यापक डा. नारायण चापागाईका अनुसार मानिसमा चुम्बकीय (म्याग्नेटिक) गुणहरु हुने भएकाले, त्यसको कारण पनि धातुहरू टाँसिएको हुनसक्छ । तर कोराेना खाेपले टाँसिएको भन्नु गलत हुने उहाँकाे भनाइ छ ।

“हामीसँग हुने हेमोग्लोबिनमा आइरन हुन्छ। ‌औसतमा ३.५ ग्राम हुन्छ । कोही कोहीको शरीरमा अलि बढी हुनसक्छ। त्यो एकदम कमजोर अवस्थामा हुन्छ,” उहाँ भन्नुहुन्छ, “खोपमा भएको मिलिलिटर भन्दा कम मात्रा शरीरमा प्रवेश गराएर त्यो चुम्बकिय बनाउन भने सक्दैन।” एक वैज्ञानिक सिद्धान्त अनुसार अणु-अणु वा परमाणु वा सतह बीच घर्षण हुँदा समेत टाँसिन सक्ने प्राध्यापक चापागाईले बताउनुभयाे ।

यसर्थ कोराेना विरुद्धकाे खोप लगाएका मानिसको शरीरमा त्यही खोपका कारण धातु टाँसिएको दाबी गलत ठहर्छ ।

( SOUTHASIACHECK.ORG बाट साभार ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah