काठमाडौं, २ असार । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल थप उपचारका लागि भारतको दिल्ली लगिएको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उनको उपचार हुने नर्भिक अस्पतालले जनाएको छ ।

बुधबार दिउँसो साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट उनलाई दिल्ली लगिएको हो । दुई दिनअघि लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनी नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार भइरहेको थियो ।

उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो ।

उनमा ज्वरो उल्लेख्य घट्न नसकेको र पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको नर्भिक अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ । हेमोग्लोबिनको मात्रा घटेपछि नेता खनाललाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो । दिल्ली उड्नुअघि पनि उनमा निरन्तर खोकी लागिरहेको र शरीर शिथिल र उनी कामिरहेको देखिएको नर्भिक अस्पतालले उल्लेख गरेको छ ।

चिकित्सकहरुले कोभिड हुँदा उनलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन् । मूलतः नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताएका छन् । डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको थियो । नया पेज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah