नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान पृथ्वी सुब्बा गुरुङले व्यक्तिगत रुपमा कृष्णचन्द्र नेपालीलाई समर्थन गरेपनि अवसरवादी गठबन्धनलाई समर्थन गर्न नसक्ने बताएका छन् ।
उनले संघीयताको पक्षमा डटेर लागेमा सरकारलाई सहयोग गर्ने बताए ।
नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विश्वासको मतका लागि प्रदेश सभामा राखेको प्रस्ताव माथिको छलफलका क्रममा शुक्रवार गुरुङले संघीयताको वकालत र प्रदेशलाई बलियो बनाउने अभियानमा रचनात्मक समर्थन गर्ने बताएका हुन् ।
‘व्यक्तिको हिसावले प्रदेश सभाका ५९ जना मध्येको परिपक्क नेता, शालिन व्यक्तिव्य । लोकतान्त्रिक आन्दोलनमा लागेको परिवारबाट आउनु भएको व्यक्तिलाई म विश्वासको मत दिन्न भन्न मलाइ गाह्रो छ । कृष्णचन्द्र नेपाली नभइ मेरो नेतृत्वमा बनेको गठबन्धन सरकारलाई दिनुस भन्नु भएकोले शुभकामना दिन सकिन’ गुरुङले भने, ‘अवसरवादीको गठबन्धलाई विश्वासको मत दिन सक्दिन ।’
गण्डकी प्रदेशलाई समृद्ध बनाउन यसअघि सरकारले अगाडि सारेको रोडम्यापमा दाया वाया नगर्न गुरुङले सरकारको ध्यानाकर्षण गराए ।
गुरुङले प्रदेशका मुख्यमन्त्रीले केन्द्र सरकारसँग लडिरहेको बताए । ‘तपाईहरु केपी ओलीलाई मात्र भन्नु हुन्छ, केन्द्रको मानसिकता प्रदेशलाई अधिकार दिने छैन । पहिलो संविधानसभामा ककसको नेता भएको अनुभवनले कुन नेताले राजनीतिक व्यापारको कुरा गर्छ, हामीले बुझेका छौं’ गुरुङले भने ।
विश्वासको मत माग्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सभाको स्थायित्वका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
‘सदनलाई विघटन तर्फ जान नदिनको लागि र सदनको स्थायित्वको लागि हाम्रो गठबन्धनका साथीहरुले त मलाई विश्वासको मत दिनुहुन्छ, देव्रेतिर बस्ने –विपक्षी एमाले) साथीहरुसँग पनि समर्थनको लागि आग्रह गर्छु’ पोखरेलले भने । एमाले बाहेकका अन्य दलले विश्वासको मत दिने बताएका छन् । लोकान्तर बाट



