मनाङ, ५ असार । मनाङका स्थानीय हेलिकोप्टर चार्टर गरेर सुरक्षित स्थानमा जान थालेका छन् । यही असार १ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी–पहिरोले गाउँमा सुरक्षित नभएपछि सुरक्षित स्थानमा हिंडेका हुन् ।

हालसम्म पनि वर्षा र जोखिम कायम रहेपछि मनाङेहरु लमजुङ, काठमाडौं, पोखरातर्फ आउन थालेका हुन् । नासो गाउँपालिका–८, ताचे ओडारका ३५ वर्षीय विष्णु घले, ३२ वर्षीय चन्द्रकाशी गुरुङ, ३१ वर्षीय सञ्जय गुरुङ, १४ वर्षीया सविना गुरुङ र गोरखा, सिरनचोकका २२ वर्षीय पुकार गुरुङ आज मनाङबाट हेलिकोप्टर रिजर्भ गरेर लमजुङ आइपुगेका छन् ।

पुकार गुरुङ भने गत जेठ २६ गते मनाङ, ताचे घुम्न गएको र पहिरोका कारण रोकिएर बसेका थिए । विष्णु घलेले भने, ‘मनाङ, ताचेबाट हेलिकोप्टरमा हामीले प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले तिरेर बेँसीसहर आएका हौं । यसरी आउनु हाम्रो रहर होइन, बाध्यता भएको छ ।’

घलेले भने, ‘गाउँभन्दा तल नै सुरक्षित छ, मनाङका गाउँहरुमा वारिपारि पहिरो अझै पनि गइरहेको छ । गाउँमा बिजुली लाइन छैन, वाइफाइ छैन, बाटो छैन, मोबाइलमा चार्ज गर्न पाएको छैन ।’ यति बेला त्यहाँ धेरै समस्या रहेको उनीहरुको भनाइ छ ।

उनीहरुमध्ये लमजुङमा कोही शिक्षक, कोही विद्यार्थी रहेको र सोका लागि पनि आएको चन्द्रकाशी गुरुङले बताए । उनले भने, ‘हिँडेर आउनलाई बाटो छैन, जोखिम बढी छ, नआऔँ भने यता काम पनि गर्न पाइँदैन ।’ यसरी आउने उनीहरु मात्र होइन, गाउँका अन्य स्थानीयवासी पनि हेलिकोप्टरबाट लमजुङ, काठमाडौँ जान थालेको उनीहरुको भनाइ छ ।

मनाङ घर भए पनि रोजगारीलगायत विभिन्न कामले जिल्लाबाहिर बस्नेहरु यति बेला काठमाडौं, लमजुङ हेलिकोप्टरबाट जाने क्रम जारी रहेको विष्णु घलेले बताए । उनले भने, ‘यसरी जाँदा त्यहाँभन्दा तल नै सुरक्षित हुन्छ, आफ्नो काम पनि गर्न पाउँछन् । गाउँमा हुँदा अब मर्छौ होला, हाम्रो गाउँ वरिपरि पहिरो गएको छ, पानी रोकिएको छैन, गाउँबाट कतै जानलाई पनि बाटो समेत सबै भत्किसकेकाले डरमा थियौं । तर, अब भने बाँचिन्छ, खुशी लाग्यो ।’

मनाङमा जोखिम अझै पनि कायम रहेकाले आफूखुशी र पैसा भएकाहरुले निजी हेलिकोप्टरमार्फत पनि जिल्ला बाहिरका विभिन्न ठाउँमा गइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । आज पनि वर्षा भएकाले मर्स्याङ्दी नदीमा पानीको बहाव बढेर चामेबाट माथिल्लो मनाङ जाने पुलसमेत उच्च जोखिम बनाएको उनको भनाइ छ । हेलिकोप्टर लमजुङ हुँदै मनाङ आवतजावत गरिरहेको छ । यसरी आवजावत गर्दा यहाँका स्थानीयवासीको समेत सोतर्फ ध्यानकेन्द्रित हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah