काठमाडौ । प्राकृतिक विपत्तीमा परेकाहरुलाई सहयोग गर्न नायीका करिश्मा मानन्धर अगाडी सरेकी छन् । उनले सिन्धुपाल्चोकका बाढी प्रभावितको लागि एक लाख रुपैया सहयोग दिने घोषणा गरेकी छन् । उनले उक्त सहयोग हालै अभिनेता कृष्ण मल्लको संयोजकत्वमा गठन बाढी प्रभावितको दीर्घकालिन व्यवस्थापनका समिति मार्फत दिन लागेको बताएकी छन् ।

आइतवार सामाजिक सञ्जाल फेसवुकमा त्यसवारे उनले जानकारी दिएकी छन् । । उनले फेसबुकमा लेखेकी छन्– ‘सिन्धुपाल्चोकको सहयोगको लागि हिजो भएको मिटिङ अनुसार आदरणीय दाइ कृष्ण मल्लको संयोजनमा १० गते सबै कलाकारहरुको तर्फबाट आ–आफुले सक्ने सहयोग सम्बन्धित निकायलाई हस्तान्तरण गरिने निधो भएकोले सम्पूर्ण कलाकार साथीहरूलाई यो जानकारी गराए ।

अहिले कोरोनाको माहामारीको यो अवस्थामा यो नै सुरक्षित उपाय हो । साथै उठेको रकमले कमसेकम उहाँहरुलाई वर्षाको यो मौसममा ओत लाग्ने छानोको व्यवस्था हुन सकोस् । मेरो तर्फबाट रु एक लाख (१०००००) उपलब्ध गराउने जानकारी गराउन चाहान्छु ।’ करिश्माले निषेधाज्ञाको बेलामा काम नपाएर अलपत्र परेका विपन्नहरुलाई पनि सहयोग गर्दै आएकी छन् । उनले अघिल्लो लकडाउनमा आफ्नो घरवाटै राहत सामग्री वितरण गरेकी थिइन् । उनले त्यसवारे तस्बिर र भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने गरेकी थिइन् । ईताजा खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah