गीतामा भगवान श्रीकृष्ण स्वयं भन्नुहुन्छ कि
‘पत्रं पुष्पं फलं तोयं यो में भक्त्या प्रयच्छति । तदहं भक्त्युपह्रतमश्रामि प्रयतात्मनस् ।।’
अर्थात् निस्वार्थ भावनाले भक्तिपूर्वक अर्पण गरिएको फल, पुष्प, जल आदिको म केही नसोची सहजै स्वीकार गर्छु । यिनै भगवान श्रीकृष्णको नाम लिएर यो वर्षको निर्जला एकादशीको महिमा गान अघि बढाउन चाह्यौं, कृष्णाअर्पणम् ।

वर्षभरिका एकादशीहरूका आ–आफ्नै प्रकारका विशेषता छन् । निर्जला एकादशीको महिमा आफ्नै प्रकारको अनि विशिष्ट छ । निर्जला अर्थात् जलविनाको एकादशी, यस एकादशीलाई जलविना व्रत लिने गरेर भक्तिपूर्वक पालना गरिन्छ । जल नै नलिने भएपछि खाना या फलाहारको त कुरै भएन्, नितान्त भोकै अनि पवित्र मनले यो एकादशीमा चित्त अनि शरीरका हरेक अवयवहरूमा सकारात्मक उर्जा र शक्ति संचार गर्ने चलन रहन्छ ।

यो एकादशीले महत्वपूर्ण आयामहरू बोकेर आएको छ । यो दिनमा तुलसीका दानाहरूलाई तुलसी मठमा छर्ने चलन हुन्छ । कतिले तुलसीको मठका माटोमा नै तुलसीका दानाहरू अर्थात् मन्जरीहरू छर्छन् भने कतिले चाहिँ जमिनमा सफा पारेर माटो फुरुरु बनाएर तुलसी छर्छन् । यो दिन छरिएका तुलसीहरूको अंकुरण भएपछि ती बिरुवाहरूलाई पछि ठूली एकादशीमा रोप्ने गरिन्छ । हरिको जयजयकार मनाउँदै आज यस एकादशीको भव्य स्मरण गरिन्छ । यस एकादशीलाई पाण्डव एकादशी अनि भीम एकादशी पनि भनिएको पाइन्छ । आउनुहोस्, यो एकदशीको महाभारत र पाण्डवसँग जोडिएको एउटा किस्सा सविस्तार सुनौं ।

पाँच–पाण्डव अनि द्रौपती हरेक एकादशीको व्रत बस्ने गर्थे । तर खानाका अत्यन्त सौखिन र खाने कुरामा सम्झौता गर्न नसक्ने भीमले भने व्रतका क्रममा कहिल्यै आफ्नो खानाप्रतिको आशक्ति तोड्न सकेनन् । भीम यो कुराले चिन्तित थिए । अनि गुरु व्याससँग खानाप्रतिको आशक्तिको समस्या सुनाए । अनि गुरु व्यासले भीमको कुरा सुनेपछि वर्षभरिका सम्पूर्ण एकादशीको फल एकै पटक पाउन निर्जला एकादशीको व्रत बस्न भीमलाई बताउनुहुन्छ । यसरी यस एकादशी भीमले रीतपूर्वक पालन गर्छन् । यसपछि यस एकादशीलाई भीम एकादशी अनि पाण्डव एकादशी पनि भनिन्छ ।

जेष्ठ शुक्ल एकादशीका रूपमा निर्जला एकादशीको व्रतपछि द्वादशीका दिनमा बिहान उठेर, चोखो भएर अनि दानपुण्य गरेर मात्र भोजन लिने चलन छ । भगवान बिष्णुको कीर्तन अनि भजनको यो एकादशीमा विशेष महत्व रहन्छ । एकादशी महात्मय, बिष्णुसहस्त्रानाम लगायतका ग्रन्थहरूको अध्ययन अनि व्याख्याको विशेष महत्व राख्ने यो एकादशीमा माटोको भाँडो, बाँसले बनाएको हाते पंखा लगायतका बस्तुहरू दान गर्ने चलन छ ।

निर्जला एकादशीभन्दा एक दिन अगावै सन्ध्या वन्दनम् गर्ने चलन रहन्छ । यसो गर्दा अचामनीबाट पवित्र पानी लिएर हत्केलामा राखी पवित्रताका साथ आरती र बन्दना गरिन्छ । एकदशीकै दिनमा आफ्ना विचार र सोचमा बिष्णुलाई राख्न सुझाव दिइन्छ । विष्णुको शालिग्राम स्वरूपलाई स्नान गराउने, अभिषेक गराउने, पञ्चामृत अर्पण गर्ने र पवित्र कपडामा बेरेर राख्ने चलन छ । एकादशीको रातमा जाग्राम बस्ने चलन पनि पाइन्छ । मार्कण्डेय पुराण अनि बिष्णु पुराणमा भने यस एकादशीको पवित्र चित्तका साथ व्रत बस्नाले सम्पूर्ण पापमोचन हुने र सोझै बैकुण्ठ प्राप्त हुने लेखिएको छ ।

हामी जाँदाजाँदै महाभारतको प्रसंग छाडेर जाँदैछौँ । भीमले आफ्नो सम्पूर्ण भोजनका आशक्तिलाई कावुमा राखेर यो एकादशी व्रत लिन्छन् । तर भोलिपल्ट बिहान भीम भोक र प्यासका कारण अर्धचेतना अवस्थमा भेटिन्छन् । त्यसपछि भीमलाई गंगाको पवित्र पानी र तुलसीपात पिलाउँदै उठाइन्छ । यस एकादशी आशक्ति अनि चाहनामाथिको विजय प्राप्त गर्ने एकादशी पनि हो । यो वर्षको निर्जला एकादशीमा सबको कल्याण होस् ।

यस एकादशीको प्रतापले कोरोना त्रास अनि यस भाइरसका अवयवहरू नाश हुन् । चिन्ता र तनाव घटेर जाओस् । प्रेमको सञ्चार होस् ।

विश्व योग दिवस

विश्वले बिगुल फुकेको छ, ‘विकास र सभ्यताको उचाई थपिएको छ ।’ तर फर्केर हेर्दा विश्व आजभन्दा पहिले नै अझै सभ्य, समृद्ध अनि स्वस्थ रहेको प्रमाण छ । विश्व धेरै अर्थमा पछाडि फर्किरहेको छ, यसका प्रमाणहरूमध्ये एउटा ज्वलन्त प्रमाण हो, योग अभ्यास । ओखलढुङ्गादेखि ओक्लोहमासम्म, कोरियादेखि खोरियासम्म विहान–विहान घर अगाडि सुकुल बिछ्याएर योग अभ्यास गर्ने मानिसहरूको उपस्थिति देखिन्छ । एक–हिसाबमा योग भनेको केवल व्यायाम मात्र हो, अनि योगलाई धर्मसँग जोडेर बुझ्ने भन्ने अर्ध बुझाई हामीमध्ये धेरैको हुन सक्छ, हैन र ?

अझ यो वर्ष त लकडाउन अनि कोरोना त्रासका कारणले मानिसहरू संकुचित हुँदै घरघरमै थुनिएको अवस्था छ । विहार र विचरणमा आधारित मानवीय जीवनयापन घरका भित्ताहरूमा मात्र सीमित रहँदा मन र विचार दुवैमा असर पर्ने देखिन्छ । यो अवस्थामा यो वर्ष र आगामी वर्षहरूमा समेत योगका आयामहरूको महत्व बढ्दै जाने स्पष्ट छ ।

योगश्चित्तवृत्तिनिरोधः ।। योगसूत्र ।।
अर्थात् चित्त र वृत्तिको निरोध नै योग हो । योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योगक्रियाले मानिसको चेतना र शरीरबीचको सम्बन्धलाई जोड्ने काम गर्छ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौँ आयाम छन् ।

आउनुहोस् हजारौँ वर्ष पहिले पतञ्जली नामका महात्माले शुरुवात गर्नुभएको १९५ वटा योगसूत्र समाहित यो योगका मूलधारका तथ्य, इतिहास अनि अभ्यासबारेमा खुलेर कुरा गराँै । पतञ्जलीको योग अभ्यासका सूत्रहरू विश्वका लगभग सबै भाषामा अनुवाद समेत गरिएको छ । योगलाई शुरुमा व्यास र पछि बाचस्पति मिश्रले व्याख्या गरेका थिए । जैन धर्मगुरु हेमचन्द्रले समेत योगलाई धर्मको ध्यान–विधिका रूपमा प्रयोग गरेका थिए । १९औँ शताब्दीमा स्वामी विवेकानन्दको योग अभ्यासलाई समेत पश्चिमा देशहरूमा फैलाउनसमेत महत्वपूर्ण योगदान छ । मुस्लिम समुदायमा समेत यसलाई योगसूत्रको अनसावदका रूपमा प्रयोग गरिएको छ ।

योग सूत्रको श्रेय आदि–योगी भगवान् शिवलाई मानिन्छ । शिवबाट शुरुवात भएका योगविधाहरू क्रमशः सप्तऋृषिहरूमार्फत् पुस्तौँ पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको हो । वास्तुकला अध्ययन अनुसार आदिनाथ भगवान शिवले ध्यान मुद्रामा रहेको मूर्ति सबैभन्दा प्राचीन मानिएको छ । महावीर जैनको समेत ध्यान गर्दै गरेको मूर्ति छ ।

योगको अर्को आधार भगवान् बुद्धको ध्यान मूर्ति पनि हो, यो मूर्ति विश्वप्रसिद्ध मानिन्छ । अर्को कथन अनुसार योगशास्त्रको श्रेय भगवान् श्रीकृष्णलाई दिइएको पाइन्छ, भगवान श्रीकृष्णका अनेक नामहरूमध्ये योगेश्वर नामले समेत उनको पूजा गर्ने गरिन्छ । यूनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सन् २०१६ मा दर्ता गरेको छ ।

विश्व योग दिवस हरेक वर्षको जून महिनाको २१ तारिखमा मनाइन्छ । सन् २०१४ बाट मनाउन शुरु गरिएको योग दिवसको शुरुवाती सूत्रधार व्यक्तित्वहरूमा सद्गुरु श्री श्री रविशंकर र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिइन्छ । योग दिवसको यो सूत्र संयुक्त राष्ट्र संघ स्वयंले स्थापना गरेको हो भने योगलाई शताब्दी विकासको सूचकांकका रूपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थविना विकास र समृद्धि सम्भव नभएको विश्व समुदायले बुझिसकेको कुरो हो ।

आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरूलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणको महत्व दिन्छ । आफ्नो नजरमा आफ्नो महत्व र उपस्थितिको मूल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्म–सम्मानको वृद्धिका लागि पनि योग एकमात्र सरल र सहज उपाय हो । समयको पावन्दी भन्दा परसम्म योगले चित्त पुर्याउन सहयोग गर्ने र जीवनको उद्देश्यको गहकिलो ज्ञान पनि योगबाट थाहा पाउन सकिने कुरा योग विधाका विभिन्न पुस्तकमा र आलेखमा स्पष्ट लेखिएको हामीले पायौँ ।

योग केवल व्यायम मात्र नभई जीवनको आधार, दर्शन अनि यथार्थ मानिएको छ । भगवान गौतम बुद्धदेखि क्राइस्टसम्म, शिवदेखि कृष्णसम्म अनि अन्य विभिन्न दर्शनकेन्द्रित महात्माहरूले आफ्नो जीवनकालमा योग अभ्यास गरेका तथ्यहरू प्रशस्त पुस्तक र उदाहरणहरूले बयान गरेका छन् । योग वास्तवमै गहिरो विषय भएकाले साधारण शब्द र ब्याख्यामार्फत् परिभाषित हुने कुरा पक्कै होइन । तथापि योगको महत्व आजको घम्साघम्सीसहितको जीवनमा हामी सबैलाई प्रशस्तै छ ।

कमाएका पैसा, गाडी, शरीर, सौन्दर्य र ऐश्वर्य समयसँगै सकिन थाल्छ । तर हाम्रो आत्मिक शुद्धता, चिन्तन र सकारात्मक तरङ्गहरू सदासर्वदा रहनेछन् । अरबपतिदेखि साधु–सन्तसम्म हामी सबैले छातीमा हात राखेर उत्तर दिन जरुरी छ, के हाम्रो जीवनमा शान्ति छ त ? हामी खुशी छौँ त ? मानव स्वभावले नै आत्मनियन्त्रण भन्दा पर, चञ्चले अनि भौतिक प्राप्तिका लागि लोभ, मोह तथा भोगमा लिप्त प्राणी हो । संसारमा मानव मात्र एउटा प्राणी हो, जो खानैका लागि जीवनभर पैसा–पैसा गर्दै यता उता भौतारिरहन्छ, जुन दृश्य प्राणीमा लागू हुँदैन ।

जीवनको वास्तविक मूल्य र शान्तिको विशुद्ध अवधारणा भौतिक प्राप्ती भन्दा कोशौं पर छ । यसो भन्दै गर्दा योग अपनाउन भौतिक संसारभन्दा पर बसेर साधु–सन्त नै बन्नु पर्छ भन्ने होइन, योगको अवलम्बन गर्नाले र योगको महत्व वास्तवमै बुझ्नाले दैनिक जीवन र स्वास्थ्यमा समेत हामी सफल र निरोगी हुने पक्का छ । समतामूलक विश्वका लागि योग जरुरी छ । योग जीवन हो र यसबारेमा थप अध्ययन गरौँ । अपनाऔं । अनि खुशी अनि शान्त जीवन प्राप्त गरौं ।
विश्व योग दिवसको शुभकामना !

विश्व सङ्गीत दिवस

एक अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो । पहिलोपटक सन् १९८१ जुन २१ मा फ्रेन्च कलाकार ःबगचष्अभ ँभिगचभत को सोच अनुसार फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जून महिनाको २१ तारिखका दिन ‘विश्व सङ्गीत दिवस’ अर्थात् ुध्यचमि ःगकष्अ म्बथु मनाइँदै आएको छ । संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रूपमा मनाइन्छ ।

सङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आ–आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएका छन् । बहुजाती, भाषा, धर्म अनि संस्कृति भएको देश नेपालमा त झन् न्याउली रूँदा होस् या मुर्चुङ्गाको कम्पन निस्कँदा आउने मौलिक धून होस् सङ्गीत हाम्रो संस्कार अनि सभ्यतासँगै मानव जीवनमा निरन्तर बग्दै आएको छ ।

मादल, सारङ्गीदेखि धिमेसम्म, ढोलकदेखि टुङ्गनासम्म अनि बाँसुरीदेखि विनायोसम्म नेपाली सङ्गीत सृजनाहरूमा नेपाली मौलिकता थप्ने बाजाहरू हुन् । कसैका लागि सङ्गीत एउटा अभिब्यक्ति हुन सक्छ भने कसैका लागि सङ्गीत एउटा पेशा, कसैका लागि साथी हुन सक्छ त कसैका लागि यो एउटा नशा । पूर्वीय घरानामा हुर्किएका शास्त्रीय सङ्गीत, फिरन्ते समुदायका सङ्गीत, ब्लुजदेखि हिपहपसम्म, -यापदेखि मेटलसम्म अनि लोकगीतदेखि गजलसम्म सङ्गीत विश्वव्यापी फराकिलो आकारमा फैलिएको छ । वैदिक सनातन संस्कारमा त शदियौंदेखि हरेक पुण्य या सत्गत्का कार्य गर्दा शंख बजाउने चलन रहेको छ । एकोहोरो शंख बज्दा दुःखका संस्कार र दोहोरोमा शुभकार्यको जनाऊ गरिने चलन परापूर्वकालदेखि चलिआएको छ ।

भजन, कीर्तन, रोधी, आलाप, ओपरा, मुशाहयरा, मेहफिल अनि मञ्चहरू सङ्गीतकै कारणले त चर्चित छन् । राष्ट्रगीतदेखि गाइनेका व्यथाहरू सङ्गीतकै कारणले त मर्मस्पर्शी छन् । फेरि सङ्गीत भनेको बाजा, गीत या सूत्रगत् आवाजहरू मात्र पनि त हैनन्, यसको दायरा विशाल छ, सायद आकाशको असीमित दायरा झै । बलेसीबाट चुहिने पानीका थोपाहरूका आवाज, कोइलीको कुहूकुहू, मन्दिरको घण्ट, मस्जिदको प्रार्थना, चर्चको भजन अनि खोलाको गर्जनसम्ममा सङ्गीत बगिरहन्छ । कानको बाटो हुँदै हृदयमा जब सङ्गीतले आफ्नो असर छाड्छ आङ सिरिङ्ग बनाइदिन्छ, त्यस्तो ताकत छ सङ्गीतमा । सुन्न मात्र नभई यसको विविधता अनुभव गर्न पनि सङ्गीत पारखीले सङ्गीत रोज्ने गर्छन् ।

नेपालमा विक्रम सम्वत् २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । सङ्गीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक–गायीका, लेखक–रचनाकार, सङ्गीतकार तथा सङ्गीत प्रेमीहरूको सहभागितामा सङ्गीत दिवस मनाउने गरिन्छ । सङ्गीत दिवसको अवसरमा नेपाल साङ्गीतिक संघले काठमाडौँमा प्रत्येक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ ।

यस अवसरमा कला र सङ्गीतसम्बन्धी विचारशाला गोष्ठी, छलफल र सङ्गीत श्रष्टाहरूलाई सम्मान समेत गरिने गरिन्छ । नेपालले पनि विश्व सङ्गीतसँग जोडिन सङ्गीत दिवसलाई गतिलो अवसरका रूपमा उपयोग गर्दैआएको छ । विश्व मानचित्र अनि नेपाली परिवेशका सकल सङ्गीतकर्मीहरूको सम्झना गर्न चाह्याँै । बखतबहादर बुढापिर्तीदेखि बेखामानसम्म, अम्बर गुरुङ्गदेखि सुनिल बर्देवासम्म, कुल पोखरेलदेखि यम बुद्ध (अनिल अधिकारी) सम्म अनि ज्ञात अज्ञात सम्पूर्ण श्रष्टाहरू जसका सङ्गीतले नेपाली माटोले जन्माउने मौलिक नेपाली सङ्गीतको व्याख्या गरेको छ ।

रेडियो नेपाल लगायत विभिन्न रेडियो स्टेशन, विभिन्न सङ्गीत वितरक कम्पनी हुँदै टिभी, अडियो पोडकास्ट तथा यू–ट्यूबसम्म आइपुग्दा नेपाली सङ्गीतले यो अवधिमा सङ्गीतको फरक स्वादमा रमाउने प्रशस्त फरक श्रोताहरू बनाइसकेको छ । यो जमात आज विश्वभरि कहीँ न कहीँ कुनै न कुनै माध्यमबाट नेपाली सङ्गीतसँग जोडिएका छन् । सङ्गीतको मूल्य र वास्तविक श्रेय श्रष्टाले पाउन्, नेपाली सङ्गीतमा माता सरस्वती सदैव दाया हुन् । नेपाली सङ्गीतले आफ्नो मौलिक सरगम ध्वनि विश्व बजारमा छर्न सकोस्, ‘विश्व सङ्गीत दिवस’को शुभकामना !

जय होस्

हाम्रो पात्रोका लागि सुयोग ढकाल
हाम्रो पात्रो बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah