बझाङको छविस पाथिभेर गाउँपालिकामा मतगणना चलिरहँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । झडपमा मतगणना प्रतिनिधिसहित तीन जना घाइते भएका छन् ।

झडपमा संलग्न रहेको भन्दै ६ जना माओवादी केन्द्रका कार्यकर्तालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइते हुनेमा नेकपा एमालेका मतगणना प्रतिनिधि सागर भट्ट, सुवास भट्ट र सिद्धराज थापा छन् ।

माओवादीका नेताले दोहोरो झडपमा आफ्ना कार्यकर्ता पनि घाइते भएको बताएका छन् । तर घाइतेहरुको नाम भने खुलेको छैन ।

झडपको कारण खुल्न सकेको छैन । एमालेका कार्यकर्ताले भने हिजो (बुधबार) साँझ मापसे गरेर होहल्ला गरिरहेका माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिनका लागि आफुहरुले प्रहरीलाई खबर गरेको र त्यही रीसमा बिहीबार माओवादी केन्द्रका कार्यकर्ताले आफुहरुलाई आक्रमण गरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah