काठमाण्डाै – केही दिनयता लगातार घटेको शेयर बजार मङ्गलवार (आज) भने झन्डै ८० अङ्कले बढेको छ । नेप्से आज ७९ दशमलव ४४ अङ्कले बढेर दुई हजार नौ सय १३ दशमलव ८४ विन्दुमा पुगेको हो । कारोबार भएका सबै समूहको शेयर बढेको छ, बैंकिङ समूहको शेयर ४४ अङ्कले र विकास बैंक समूहको शेयर दुई सय ५१ अङ्कले बढेको छ ।

यस्तै व्यापारको २१, होटलको एक सय नौ, जलविद्युतको एक सय ५०, फाइनान्सको एक सय २७, माइक्रोफाइनान्सको ६४, जीवन बीमा समूहको तीन सय ८७, निर्जीवन बीमा समूहको तीन सय ७५, उत्पादनको एक सय ६२, अन्यको ३४ र लगानी समूहको शेयर एक सय ११ अङ्कले बढेको छ ।

आज दुई सय २५ कम्पनीका एक करोड ९७ लाख कित्ता शेयर १० अर्ब २८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब ४९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज पाँच वटा कम्पनीको शेयर १० प्रतिशतले र २८ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah