काठमाण्डाै – मर्स्याङ्दी नदीमा मङ्गलवार (हिजाे) राति फेरि बाढी आएको छ । बाढीले चामे गाउँपालिकामा रहेको पुल र लोकप्रिय माविको भवन भत्काउने खतरा बढेको छ ।
यसअघिको बाढीले पुल भत्काउने खतरा बढेपछि सशस्त्र प्रहरीले मुढाहरू काटेर बाढी पन्छाएको थियो । हिजो फेरि बाढी आएपछि पुल भत्कने खतरा बढेको तर आफूहरूले भत्कन नदिनका लागि सक्दो प्रयास गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ३२ गुल्मका गुल्मपति होमनाथ पन्थीले उज्यालोलाई बताउनुभयो ।
लोकप्रिय माविमा रहेका सबै सामान पनि सुरक्षित ठाउँमा सारिएको उहाँले जानकारी दिनुभयो । यस वर्ष मनसुनको सुरुवातसँगै सिन्धुपाल्चोकमा जस्तै मनाङमा पनि बाढीले ठूलो क्षति पुर्याएकाे छ ।
तस्बिर साैजन्य : हाेमनाथ पन्थी






