संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको रुपमा १३ दिन बिताएका गणेश पहाडीले मंगलबारको सर्वोच्च अदालतको आदेशले पदमुक्त भएसँगै बुधबार क्वाटर छाडेका छन् । मंगलबार सर्वोच्चले उनीसहित २१ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएको थियो ।
पदमुक्त भएसँगै उनी आज नयाँबानेश्वर स्थित निवास फर्किएको उनको सचिवालयले जनाएको छ । अन्य पदमुक्त मन्त्रीहरु पनि क्वार्टर छाड्ने क्रममा रहेका छन् ।
आजै पहाडीले आफ्नो १३ दिने कार्यकालमा गरेका १३ कामको विवरण सार्वजनिक गरेका थिए ।



