मनाङ – मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदीमा बाढीको बहाव बढ्दै गएको छ । मर्स्याङ्दी नदी थुनिँदा चामे गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने चामे बजार जाने ठूलो पुलसहित लोकप्रिय मावि, वडा नम्बर ५ को भक्तपुर गाउँ जोखिममा परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

पुलमा रुख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको हो । नदीमा पानीको बहाव पुलबाट दुई मिटरमाथि पुगिसकेकाले जोखिम थप बढेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । नदीमा बाढीको बहाव बढेपछि असापासमा कटानसमेत सुरु भएको उहाँकाे भनाइ छ ।

गएको शनिवार पनि चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गा, माटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो । त्यति बेला सशस्त्र प्रहरीले नदी खुलाएको थियो । अहिले पनि खुलाउने प्रयास भए पनि पानीको बहाव बढी हुँदा समस्या भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah