काठमाण्डाै – नेपाल धितोपत्र बोर्डले दोस्रो बजारको प्रारम्भिक कारोबार सत्रको मूल्य परिवर्तन सीमा घटाएको छ । अहिले पाँच प्रतिशत रहेको मूल्य परिवर्तन सीमालाई घटाएर दुई प्रतिशत कायम गरेको बोर्डले जनाएको छ ।

प्रारम्भिक सत्रमा कारोबार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वाभाविक उतारचढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकाले कारोबार मूल्य परिर्वतन सीमालाई घटाइएको बोर्डको नियमन तथा व्यवस्थापन विभागले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै दोस्रो बजारमा धितोपत्रको कारोबार हुँदा अहिले न्यूनतम मूल्य परिवर्तन सीमा एक रुपैयाँ रहेकोमा १० पैसा कायम हुने गरी विनियमावली २०७८ स्वीकृत गरेको छ । छिमेकी देशलगायत अन्तर्राष्ट्रिय अभ्यासअनुसार हुने गरी धितोपत्र कारोबारको न्यूनतम मूल्य सीमालाई परिर्वतन गरिएको र यसले खरिदकर्ता र बिक्रीकर्ताले प्रतिस्पर्धी मूल्यमा धितोपत्र खरिद बिक्री गर्न सक्ने प्रवक्ता प्रवक्ता निरज गिरीले बताउनुभयो ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि प्रारम्भिक कारोबार सत्र थप व्यवस्थित हुने अनि न्यूनतम मूल्य परिवर्तन सीमा १० पैसा हुँदा लगानीकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्न सक्ने भएकाले दोस्रो बजार कारोबार थप लगानीकर्ता मैत्री हुने बोर्डको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah