वन लसुन टिप्न जंगलमा गएका बेला भीरबाट लडेर मृत्यु भएका गोरखाको चुमुनुब्री गाउँपालिका–३ पाङसिङका १ युवकको शव निकाल्न कठिनाइ भएको छ ।
बौद्ध हिमालको फेदीमा खोंचमा रहेको २४ वर्षका सुरेन्द्र गुरुङको शव ४ दिनदेखि निकाल्न नसकिएको चुमनुब्री सेवा समाजका अध्यक्ष वीरबल घलेले जानकारी दिए ।
बुवा र भाइसँगै वन लसुन टिप्न गएका गुरुङ यही असार ६ गते बारपाक सुलिकोट गाउँपालिका–१ र लमजुङको सिमानामा पर्ने बौद्व हिमालको फेदीमा भीरबाट खसेका थिए ।
गुरुङको शव मौसम खबरीका कारण निकाल्न कठिनाइ भएको उनले बताए ।
परिवार र लाप्राकबासीले खोचबाट शव निकालेर हेलिकप्टर ल्याण्ड गर्न सक्ने ठाउँमा ल्याएका छन् । माथि ल्याउन २ पटकसम्म हेलिकप्टरबाट प्रयास गरिएको भएपनि नसकिएको अध्यक्ष घलेले जानकारी दिए ।
गुरुङ गएको जेठ २६ गते परिवारका सदस्य र २ जना छिमेकीको साथमा वन लसुन खोज्न त्यहाँ पुगेका थिए । उनीहरूको भने असार ७ गते हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।



