काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूकाे जिम्मेवारी हेरफेर गर्नुभएकाे छ । रक्षा र परराष्ट्र मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री ओली आफैँले राख्नुभएकाे छ ।
अहिले अर्थ मन्त्रालयकाे जिम्मेवारी सम्हालिरहनुभएका विष्णु पाैडेलले थप उद्याेग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्राेत तथा सिँचाइ र गृह मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे छ ।
त्यस्तै शिक्षा मन्त्रालय सम्हालिहरनुभएका कृष्णगाेपाल श्रेष्ठले थप वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम राेजगार तथा सामाजिक र स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे छ ।
भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिरहनुभएका वसन्तकुमार नेम्वाङले थप कृषि तथा पशुपक्षी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र सहरी विकासकाे जिम्मेवारी पाउनुभएकाे छ ।
त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले लीलानाथ श्रेष्ठले थप भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे छ ।




