प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेकी छन् ।
राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएअनुसार रक्षा र परराष्ट्र मन्त्रालय प्रधानमन्त्री ओली आफैंले राखेका छन् ।
यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थसँगै गृह, उद्योग र ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रतिनिधि सभा विघटनपछि थपिएका मन्त्रीहरूलाई काम गर्न सर्वोच्चले रोक लगाएपछि दैनिक कामकाज चलाउनका लागि प्रधानमन्त्री ओलीले मन्त्रालयहरू बाँडफाँड गरेका हुन् ।
अन्य ३ मन्त्रीको भागमा ५/५ मन्त्रालय परेको छ ।
हेर्नुहोस्, कुन मन्त्रालय कसलाई ? (सूची)




