दमक १ नम्बरमा एमालेका उम्मेद्वार हरी न्यौपाने र तारा अधिकारीको बराबरी मत आएपछि बिजय घोषणा हुन नसकेको पाईएको छ ।
मतगणनास्थलमा रहेका एकजना निर्वाचन अधिकृतले जानकारी दिए अनुसार दुबै जनाले ८ सय १ मत ल्याएको पाईएको छ ।
यसभन्दा अगाडि राप्रपाका मेयरका उम्मेद्वार राम थापाले नै अधिकारी बिजय भएको भन्दै फेसबुकमा लेखेका थिए । स्थानीय सञ्चारमाध्यमहरुले पनि त्यहि समचार प्रकाश गरेका थिए । अब के गर्ने भन्ने बिषयमा अन्योल रहेको बताईएको छ ।
मतपरिणामलाइ ट्रायल गर्दा बराबरी फेला परेको हो । सम्भवत अब गोला प्रथा हुने बताईएको छ । राप्रपाका अधिकारीलाइ मतदाताले बिजयको माला लगाई दिएर बिजय जूलस निकाल्ने सम्मको तयारी गरेका थिए । अब के होला ? यसै भन्न सक्ने अवस्था रहेको छैन ।
हामीले पनि बिजयको समचार प्रकाशन गरेका थियौ । निर्वाचन कार्यालयले समयमा सहि सूचना नदिदा यस्तो हुन गएको प्रति हामी क्षमा प्राथी छौ ।



