वैज्ञानिकहरुको एउटा नयाँ शोधबाट धर्तीमा २० हजार वर्षअघि पनि कोरोना भाइरसले मानिसलाई दुःख दिएको पत्ता लागेको छ । यो खतरनाक भाइरसको अवशेष आधुनिक चीन, जापान र भियतनामका मानिसहरुको डिएनएमा पाइएको हो । झण्डै १५ महिनादेखि संसारलाई त्रस्त बनाइरहेको कोरोना भाइरसले पूर्वी एसियामा सम्भवतः प्रकोप फैलाइसकेको एक नयाँ अध्ययनले देखाएको छ ।

अस्ट्रेलियन नेसनल युनिभर्सिटीका यासिने सोइलमी र रे टबलरका अनुसार, यी क्षेत्रमा आधुनिक आवादीको ४२ वटा जिनमा कोरोना भाइरस परिवारको आनुवंशिक अनुकूलनको प्रमाण पाइएको हो । करेन्ट बायोलोजीमा प्रकाशित उनीहरुको अनुसन्धानमा सो कुरा उल्लेख छ ।

यतिखेर संसारभर कोरोना महामारीको दोस्रो लहरले बिदा लिने र सम्भावित तेस्रो लहरको त्रास उत्पन्न हुन पुगेको छ । पहिलो भन्दा दोस्रो खतरनाक र दोस्रो भन्दा तेस्रो लहर झनै भयावह हुने चिकित्सकहरुले चेतावनी दिन थालेका छन् । कोरोनाविरुद्धको भ्याक्सिन तीव्र गतिमा लगाइरहेका मुलुकमा समेत सम्भावित तेस्रो लहरको त्रास छ भने भ्याक्सिनको प्रतीक्षामा रहेका देशमा हालत थप भयावह हुन थालेको छ ।

कोरोना भाइरसको पहिलो र दोस्रो लहरबाट अहिलेसम्म ३८ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । महामारीका कारण आर्थिक क्रियाकलाप ठप्प हुन पुगेको छ । महामारीले अर्बौं डलर नोक्सान पारिसकेको छ ।

आनुवंशिक अवशेषबाट भविष्यमा हुन सक्ने महामारी पत्ता लाग्छ
वैज्ञानिकहरुका अनुसार, ऐतिहासिक भाइरल प्रकोपहरुको आनुवंशिक अवशेषबाट भविष्यमा हुन सक्ने महामारी र त्यसको उपचारमा मद्दत मिल्न सक्छ । वैश्विक महामारीहरु सम्भवतः मानव इतिहास जत्तिकै पुराना छन् । संसारले यसअघि पनि विभिन्न प्रकारका भाइरसजन्य महामारी भोगिसकेको छ ।

२०औँ शताब्दीमा इन्फ्लुएन्जा भाइरसका तीन प्रकार :- १९१८-२० को स्पेनिस फ्लू, १९५७-५८ को एसियन फ्लू र १९६८-६९ को हङकङ फ्लूजस्ता महामारीले लाखौँ मानिसको ज्यान लिनुका साथै दुनियाँभर त्रास फैलाएको थियो । भाइरस तथा अन्य रोग जन्य कारणबाट हुने संक्रमणको इतिहास हजारौँ वर्ष पुरानो छ ।

आनुवंशिक विद्हरुले पछिल्ला केही दशकमा मानव शरीरको अनुकूलन सम्बन्धी घटनाको आनुवंशिक निशाना पत्ता लगाउन प्रभावकारी उपकरण निर्माण गरिसकेका छन् । यी आनुवंशिक अवशेष अहिले मानिसहरुका जिनोममा भेटिन्छन् ।

भाइरसले आफ्नो प्रतिरुप बनाउँछ
वास्तवमा भाइरस एक सरल जीव हो । एकप्रकारले यो अदृश्य जीव त्यतिविधि बलियो पनि हुँदैन । तर, यसले आफ्नो प्रतिरुप (कपी) भने बनाइरहन्छ । भाइरसको सरल जैविक संरचनाको अर्थ त्यसले स्वतन्त्र ढंगमा प्रजनन गर्न सक्दैन भन्ने नै हो ।

यसको सट्टा भाइरसले अन्य जीवको कोषिकामा आक्रमण गर्छ र शरीरका विभिन्न भागमा कब्जा जमाउन थाल्छ । भाइरसले पाहुना कोषिकाबाट पैदा भएको विशिष्ट प्रोटिनसँग सम्पर्क बनाउँछ र त्यससँग जोडिन्छ, जसलाई भाइरल इन्टरेक्टिङ प्रोटिन (भिआइपी) भनिन्छ ।

प्राचीन कोरोना भाइरसको निशाना
युनिभर्सिटीका सोइलमी र टबलरका अनुसार प्राचीन भाइरसको निशाना खोज्ने क्रममा २६ देशका साढे दुई हजारभन्दा बढी मानिसको जिनोममा अत्याधुनिक कम्प्युटेसनल विश्लेषण लागु गरियो ।

मानिसको अलग अलग ४२ जिनमा अनुकूलनको प्रमाण भेटिएको र त्यसले भिआइपीबारे बताउने उनीहरुको भनाइ छ । उक्त भिआइपी संकेत केवल पाँच स्थानको आवादीमा मौजुद थियो र त्यो पूर्वी एसियामा केन्द्रित थियो । कोरोना भाइरस परिवारको उत्पत्ति सम्भवतः यिनै स्थानहरुमा भएको थियो ।

हाम्रा पूर्वजहरु कोरोना संक्रमित भइसकेका थिए
वैज्ञानिकहरुका विभिन्न अध्ययन र शोधअनुसार हाम्रा पूर्वी एसियाका पूर्वजहरुमा करिब अढाइ हजार वर्षअघि नै कोरोना संक्रमण भइसकेको थियो । त्यसपछि परीक्षणहरुबाट के पत्ता लाग्यो भने, ४२ भिआइपी मुख्य रुपमा मानिसको फोक्सोमा पाइयो, जुन कोभिड-१९ बाट अधिक प्रभावित थियो । यसबाट पुष्टि के हुन गयो भने, भिआइपी मौजुदा महामारीमा जिम्मेवार सार्स-सिओभी-२ भाइरससँग सिधै जोडिन्छ ।

अन्य कतिपय स्वतन्त्र अध्ययनले पनि के देखाएका छन् भने, भिआइपी जिनको उत्परिवर्तनले सार्स-सिओभी-२ को संवेदनशीलता र त्यसका लक्षणहरुको गम्भीरतामा हस्तक्षेप गर्न सक्छ । साथै, कयौँ भिआइपी जिन या त वर्तमानमा कोभिड-१९ उपचारका लागि औषधिको लक्ष्यका रुपमा उपयोग भइरहेको छ या परीक्षणको हिस्सा बनिरहेको छ ।  फरकधार बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah