आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न भूभागमा सामान्यदेखि भारी वर्षा भइरहेको छ ।

मनसुनी वायु सक्रिय रहेको र अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको मौसम विभागले जनाएको छ ।

विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले सिन्धुलीस्थित मरिनखोला कुसुन्तार बर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा भारी बर्षामापन भएको जनाएको छ ।

मरिन कुसुन्तार,बागमती राइगाउँ,पधेरादोभान लगायत बाढीमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको विभागको भनाइ छ ।

सो जलाधारका नदी तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा आज दिउँसो सम्मै उच्च सतर्कता अपनाउन विभागले सूचना जारी गरेको छ ।

यस्तै तनहुँको बिमलनगर वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ । चुदी खोला लगायत सो क्षेत्रमा ससाना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

यस्तै बाराको कलैया वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ ।

पसाह, फेटा लगायत नदीहरूमा आकस्मिक बहाव आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah