काठमाडौं । नेपाली चेली सविना श्रेष्ठ कोभिड–१९ विरूद्ध जोन्सन भ्याक्सिनले उत्पादन गरेको कम्पनीको उत्कृष्ट कर्मचारी घोषित भएकी छिन् । कोरोना भाइरसविरूद्धको भ्याक्सिन उत्पादन कम्पनीमा जोन्सन एण्ड जोन्सन उत्कृष्ट मानिन्छ। यो कम्पनीबाट उत्पादित भ्याक्सिनमा विश्व चर्चित व्यक्तित्व बिल गेट्सको लगानी छ।

पोखराबाट अध्ययन गरेर नेदरल्याण्ड पुगेकी सविनाले इन्जिनियरिङको पुरा गरेकी छिन् । उनलाई यसै साता जोन्सनले ‘हिरो मेडल’ बाट सम्मानित गरेको थियो। २६ वर्षकी सविनाकी बहिनी सरु श्रेष्ठको हालै अन्तरिक्षमा यान तथा सेटलाइट पठाउने टोलीमा नाम सार्वजनिक भएको थियो।

यो पनि, क्षुद्रग्रह दिवस मनाइँदै
नेपाल एष्ट्रोनोमिकल सोसाइटीले क्षुद्रग्रह दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छ । विश्वका विभिन्न देशमा सन् २०१५ देखि यो दिवस मनाउन थालिएको हो । सन् २०१६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यो दिवसलाई मान्यता दिएपछि भने सन् २०१७ देखि धेरै देशले मनाउन थालेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।

सोसाइटीले सन् २०१७ र २०१८ मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) सँग मिलेर दिवस मनाएको थियो । सौर्यमण्डल बन्दा अवशेषका रूपमा मङ्गल र बृहस्पति ग्रहका बीचमा रहेको भागलाई क्षुद्रग्रह भनिन्छ । यी ग्रह पृथ्वीलाई पार गरेर जान सक्ने भएकाले खतरा रहेको अध्यक्ष भट्टराई बताउनुहुन्छ ।

सन् १९०८ मा रसियास्थित साइबेरियाको जङ्गली क्षेत्रमा सानो क्षुद्र ग्रह आएर टुङुस्का नामको घटना भएको उहाँले सुनाउनुभयो । जङ्गली क्षेत्रमा ठोक्किएकाले वन सखाप भएको थियो । यसैले पृथ्वीलाई खतरा हुन सक्ने क्षुद्रग्रहको अध्ययन अनुसन्धान गरिनुृुपर्ने माग सोसाइटीले राख्दै आएको छ ।

सोसाइटीले सन् २०१६ देखि क्षुद्रग्रह खोज अभियान शुरु गरेको छ । यसक्रममा सन् २०२१ को मेसम्म एक हजार १९४ क्षुद्रग्रह सोसाइटीकै नेतृत्मा भएको खोजबाट पत्ता लागेको छ । यीमध्ये ११ वटाले अस्थायी नाम पाएका छन् । एउटा भने पृथ्वीका लागि खतरनाक रहेको छ । यसको नाम २०१९ के के ५ राखिएको छ । यी ग्रह पृथ्वीको कक्ष काटेर जाने बेलामा खतरा मानिन्छन् । क्षुद्रग्रहलाई नाङ्गो आँखाले देख्न सकिँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah