गोरखा – खोलाले बगाएर गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १ स्यामचेत बस्ने २६ वर्षका किरण लामाको ज्यान गएको छ । आज बिहान साढे ९ बजेतिर आरुघाट गाउँपालिका ३ सोतीमा रहेकाे खोला तर्ने क्रममा किरणलाई बगाएकाे हाे ।
बगेको ठाउँबाट २० मिटर तल अचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि आरुघाट बजारको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको थियो । चिकित्सकले ११ बजे मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताउनुभयो ।



