काठमाण्डाै – बी एण्ड सी मेडिकल कलेज तथा टिचिङ हस्पिटल एवम् रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफ्नो मेडिकल कलेज बारे अविलम्ब निर्णय गर्न प्रधानन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गर्नुभएको छ ।

प्रसाईले काठमाण्डौमा शनिबार पत्रकार सम्मेलन गरी कलेजलाई सम्बन्धत दिन वा सरकार आफैले सञ्चालन गर्न वा सधैँका लागि बन्द गर्ने विषयमा अविलम्ब स्पष्ट र ठोस निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो । उहाँले अस्पतालको सम्बन्धन र चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको सन्दर्भमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले कलेजमाथि गरेको जघन्य अपराध तथा शंकास्पद कानुन प्रतिकूलको भूमिकाको विषयमा सञ्चारमाध्यममा आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । यस्तै उहाँले गिरी आयोगको उपाध्यक्ष हुन समेत कानुन अनुसार अयोग्य रहेको दाबी पनि गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “गिरी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष हुन समेत कानुनतः अयोग्य हुनुहुन्छ । कलेजलाई सम्बन्धन दिनका लागि उहाँले मसँग २० करोड घुस मागेको र त्याे सार्वजनिक गरी अख्तियारमा उजुरी गरेपछि म प्रति अत्यन्तै पूर्वाग्रही हुनुहुन्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah