दाङको तुलसीपुरस्थित अम्वास मतदान केन्द्रमा दोश्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत मतदान भइरहेका बेला मतदातालाई लक्षित गरी फालिएको बम हातले समातेर तत्काल फालेपछि चर्चामा आएका प्रहरी हवलदार दुर्गाबहादुर रानाले एकपछि अर्को बधाई र स्याबासी पाइरहेका छन् ।

अज्ञात व्यक्तिले भोट हाल्न लाइनमा बसेका मतदातालाई लक्षित गरी फालेको बम रानाले हातले समातेर बाहिर फालेका थिए । उनले फालेको दुई सेकेण्डमै बम विस्फोट भएको थियो । प्रहरीको पहरा गण काठमाण्डुमा कार्यरत राना केही दिनअघि मात्र निर्वाचन सुरक्षाका लागि दाङ खटिएका थिए ।

उनले आफ्नो ज्यान जोखिममा राखेर सर्वसाधारणको ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) धिरजप्रताप सिंहले बताए । महानिरीक्षक नियुक्तिमा अन्याय भएको भन्दै सर्वोच्चमा रिट दायर गरेर हाल बिदामा रहेका डिआईजी तथा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) प्रमुख नवरा सिलवालले हवल्दार रानाको मुक्तकण्ठले प्रशंसा गरे ।

के भने सिलवालले ?
प्रहरी हवल्दार दुर्गाबहादुर राना नेपाल प्रहरीका एक कर्मठ, इमान्दार र कर्तव्यनिष्ठ सदस्य हुन् । उनले आफ्नो साहसी र बहादुरीमार्फत त्यसको पुष्टि गरिसकेका छन् । प्रहरी सेवा भनेकै साहस, जिम्मेवारी र इमान्दारिताको पर्याय हो । नेपाल प्रहरीले जनताको जिउधनको सुरक्षाका लागि विगतमा पनि यस्ता धेरै काम गर्दै आएको छ । पछिल्लोपटक त्यसको उदाहरण बनेका छन्, हवल्दार राना ।

समाचारमा हेर्दा र सुन्दा उनले निकै ठूलो जोमिख उठाएर सर्वसाधारणको ज्यान जोगाएका छन् । एक सेकेण्ड मात्रै ढिला भएको भए उनकै जीवन के हुन सक्थ्यो भन्न नसकिने अवस्था रहेको बुझिन्छ । प्रहरी नागरिकको संरक्षक हो । यो कुरा फेरि एकपटक प्रमाणित भएको छ । रानाको कामबाट हाज नेपाल प्रहरीका सबै तहका अधिकृतदेखि जवानसम्मले र प्रहरीका परिवारहरुको शीर ठाडो भएको छ । खास प्रहरीको भूमिका निर्वाह गरेकामा हवल्दार रानाप्रति मेरो सलाम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah