मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

उर्जामय रुपले बिहानी सुरु हुन्छ। घरमा मित्र र आफन्तको आगमनले खुशीयालीको माहोल रहनेछ। आर्थिक लाभ होला। नयाँ काम सुरु गर्न सक्नुहन्छ। उत्तम भोजन गर्नको लागि शुभ दिन छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

कुनै पनि प्रकारको कदम वा निर्णय लिनुभन्दा पहिले सोच्नुहोला। कसैसँग गलत धारणा हुन सक्ला। खराब स्वास्थ्यले मन उदास रहनेछ। परिवारमा आफन्तको विरोधले मतभेद खडा गर्नेछ। तपाईको दिन खर्चिलो साबित हुनेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

सामाजिक, आर्थिक तथा पारिवारिक क्षेत्रमा लाभ होला। समाजमा मान-प्रतिष्ठा वृद्दि हुनेछ। मित्रको तर्फबाट लाभ हुनेछ। सुन्दर ठाउँमा घुमफिरको आयोजन गर्नुहुन्छ। जीवनसाथीको खोजीमा हुनुहुन्छ। तपाईको लागि दिन शुभ छ। दाम्पत्यजीवनमा मधुरता रहला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

पेसा-व्यवसायमा उच्च पदाधिकारीको प्रोत्साहनले उत्साह दोब्बर हुनेछ। मातापीताको स्वास्थ्यको ख्याल राख्नुहोला। मान-प्रतिष्ठा वृद्दि हुँदा खुशी महसुस हुनेछ। तपाईको स्वास्थ्य स्वस्थ रहला। पदोन्नति होला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

पेट सम्बन्धित समस्याले कार्यको गति कम गर्नेछ। पेसा-व्यवसायमा असन्तोषले प्रगतिमा बाधा उत्पन्न होला। उच्च पदाधिकारीबाट टाढा रहनु नै उत्तम होला। धार्मिक कार्य वा यात्राबाट भक्तिभाव प्रकट हुनेछ र मनको अशान्ति टाढा हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मन र बोलीलाई स्वच्छ राख्नुहोला। किनकी स्वभावको उग्रताले कसैसँग मनमुटाव होला। नयाँ कामको सुरुवातमा स्थगित गर्नुहोला। अत्यधिक खर्च हुनेछ। विद्या र रहस्यमय कुरामा रुचि राख्नुहुनेछ। जलाशयबाट टाढा रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

दैनिक कामको बोझबाट हल्का हुनको लागि तपाई पार्टी , सिनेमा वा नाटक आयोजन गर्नुहुन्छ। विपरीत लिंगीय व्यक्ति वा प्रियतमसँग सामिप्यको आनन्द लिनुहुनेछ। नयाँ कपडा खरिद गर्नुहुनेछ। सार्वजनिक मान-सम्मानको अधिकारी बन्नुहुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

पारिवारिक शान्तिको माहोलले तन-मन स्वस्थ रहनेछ। निर्धारित काममा सफलता मिल्नेछ। पेसामा साथी कर्मचारीको सहयोग मिल्नेछ। आर्थिक लाभ होला। माईति पक्षबाट लाभ मिल्नेछ। बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

सन्तानको स्वास्थ्य र पढाईको बारेमा चिन्ताले मन निराश रहनेछ। पेट सम्बन्धि समस्याले हैरान रहनुहुनेछ। तपाई भित्र निराशा रहनेछ। साहित्य , लेखन तथा कलाप्रति गहिरो रुचि राख्नुहुनेछ। वाद-विवाद तथा चर्चामा नउत्रिनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

उर्जाको अभावले अस्वस्थ अनुभव हुनेछ। मनमा चिन्ताको भावना रहनेछ। परिवारको सदस्यसँग झगडा हुँदा खिन्नता महसुस हुनेछ । समयमा भोजन र निन्द्राबाट वन्चित रहनुहुन्छ। पैसा खर्च हुनेछ। स्त्री वर्गबाट नोक्सान होला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईको मन चिन्तामुक्त रहनाले राहत महसुस गर्नुहुनेछ र उत्साह वृद्दि हुनेछ। वृद्दर मित्रको तर्फबाट लाभको अपेक्षा राख्न सक्नुहुन्छ। आर्थिक लाभ र सामाजिक मान-प्रतिष्ठाको अधिकारी बन्नुहुनेछ। प्रिय व्यक्तिसँग र दाम्पत्यजीवनमा घनिष्ठता अनुभव हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको दिन शुभ छ। आर्थिक आयोजनको लागि शुभ समय छ। निर्धारित काम पूरा हुनेछ। आय बढ्नेछ। परिवारमा सुख-शान्तिको वातावरण बनिरहनेछ। स्वास्थ्य स्वस्थ रहनेछ। रुचिपूर्ण भोजन प्राप्त होला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah