झापाको दमकमा मत परिणाम सार्वजनिक गर्न निर्वाचन अधिकृतको कार्यालयले ढिलाइ गर्ने र पत्रकारहरुलाइ समेत गेटमा नै रोकेर प्रवेस गर्न नदिनेसम्मका काम गरेपछि अन्योल बढिरहेका बेला दमकको वडा नं. १ मा वडाध्यक्षमा बराबरी मत पाएका नेकपा एमाले र राप्रपाको मत पुन गणना शुरु गरिएको छ । तर यो पनि आधिकारीक रुपमा बाहिर सार्वजनिक गरिएको छैन ।

एमालेका हरी न्यौपाने र राप्रपाका ताराप्रसाद अधिकारीले ८ सय १ मत ल्याएपछि पुन मत गणना गर्ने अवस्था आएको बताइन्छ । मत परिणाम र निर्णयको प्रतिक्षामा बसेका सर्वसाधरण तथा मतदाताहरुले नगरपालिका अगाडि नाराबाजि र मतपरिणाम सार्वजनिक गर्न माग गर्दै दिन बिताएकाछन् ।

आधिकारीक कुनै प्रकारको सूचना नदिने गरेकाले बाहिर बिभिन्न खाले टिकाटिप्पणिहरु समेत आइरहेकाछन् । माओबादी केन्द्का मेयरका उम्मेदवार गगन पुरीले सर्वदलिय बैठकले सकारत्मक रुपमा मतगणनालाइ शुचारु गर्ने निर्णय भएको फेसबुक मार्फत सार्वजनिक गरेकाछन् ।

दमकमा चनाव हुन सक्ने भन्दै नगरपालिका गृट अगाडि ब्यापक प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीको एउटा टोली नै नगरपालिकाको गेटमा तैनाथ रहेको छ ।

एमाले बाहेकका अन्य प्रमुख राजनीतिक दलका उम्मेदवारले बिज्ञप्ति जारी गरेर नै मत गणनाको बिषयमा आलोचना गरेका थिए । उनिहरुले बिज्ञप्ति निकालेको केहि घण्टामा नै सर्वदलिय बैठक बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah