झापा । झापा गाउँपालिका-१ स्थित मिलन बस्तीका घर डुबानमा परेका छन् । बुधवार राती परेको अविरल वर्षापछि ठुलो माई खोलाको पानीको बहाव ह्वातै बढेपछि गाउँमा पानी पसेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । माई खोलाको पानी गाउँमा पस्दा त्यहाँका ८४ घर डुबानमा परेको छ ।

घरभित्र साढे २ फिट जति पानी छिरेकोले त्यहाँका स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको डिएसपी थापाले बताए । इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीलेले स्थानीय पालिकासँग समन्वय गरेर स्थानीयलाई अन्यत्र सारेका हुन् । ‘खोला नजिकै रहेको मिलन बस्ती बाढीको उच्च जोखिम पर्छ, अहिले खोलाको पानी घट्ने क्रममा छ,’ डिएसपी थापाले भने, ‘फेरि ठुलो पानी परेमा गाउँवासीलाई जोखिम हुन सक्छ, त्यसैले उनीहरूलाई प्रहरीले बेलैमा सचेत गराइसकेको छ ।’

जिल्लाको कनकाई, माई, मेची, निन्दा, मावा, विरीङ लगायतको खोलामा पानीको बहाव बढेको छ । त्यसैले नदी तथा खोला आसपासका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई बाढीबाट जोगाउन जिल्ला विपद् व्यवस्थापन समितिले सचेत गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah