काठमाण्डाै – राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले अध्यादेशमार्फत तानाशाही शासन चलाएको बताउनुभएको छ । राष्ट्रिय सभाको आइतवारको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले संसद् छलेर अध्यादेशमार्फत तानाशाही शासन चलाएको बताउनुभएको हो । उहाँले सरकारले नागरिकको हित विपरीत आफ्नो अभिष्ट पूरा गर्नका लागि राज्य सञ्चालन गरिरहेको बताउनुभयो ।

आफैँ कानुन बनाउने, कार्यान्वयन गर्ने र कानुनको व्याख्या गरेर सरकारले निरङ्कुशता र अनुत्तरदायी प्रस्तुत गरेको राष्ट्रिय सभा सदस्य देवकाेटाले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यदि सरकारले अध्यादेशबाट मात्रै सत्ता सञ्चालन गर्ने हो भने यो तानाशाही हुन्छ । त्यसैले नागरिकको हित विपरीत सरकारले आफ्नो अभिष्ट पूरा गर्नका लागि अध्यादेशको माध्यमबाट राज्य सञ्चालन गर्छ । आफैँ कानुन बनाउने, आफैँ कार्यान्वयन गर्ने र आफैँ कानुनको व्याख्या गर्ने यो प्रजातन्त्रभित्रको निरंकुशता हो । अनुत्तरदायी हो । यो सरकारको यही प्रमाण हो भन्ने मलाई लागेको छ ।’

उहाँले सरकारले घोषणा गरेअनुसार कोभिड–१९ विरुद्ध अग्रपङ्क्तिमा खट्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नगराएको बताउनुभयो । जोखिम भत्ता नपाउँदा स्वास्थ्यकर्मीको मनोबल नबढेको राष्ट्रिय सभा सदस्य देवकाेटाकाे भनाइ छ । शिक्षा क्षेत्र पनि तहसनहस भएको उल्लेख गर्दै उहाँले कोभिड–१९ विरुद्धको खोप नपाइ विद्यालय सञ्चालन गर्न नसक्ने भनेर शिक्षकहरू आन्दोलित भइरहेको भए पनि सरकार बेखबर रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य देवकाेटाले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रमा अग्रपङ्क्तिमा खटेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने भनेर सरकारले निर्णय गर्‍याे । तर आजसम्म ती स्वास्थ्यकर्मीले जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । उनीहरूको मनोबल बढ्न सकेको छैन । शिक्षा क्षेत्र त्यस्तै तहसनहस छ । नो भ्याक्सिन, नो स्कुल भनेर शिक्षकहरू आन्दोलित छन् । तर सरकार बेखबर छन् ।’

उहाँले महिला हिंसाको घटना बढिरहेकाे भन्दै यस्ता संवेदनशील विषयमा फास्ट ट्र्याकका माध्यमबाट अनुसन्धान गरी अपराधीलाई कानुनी दायरामा ल्याउन सरकारले ढिला गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah