विराटनगर / मोरङको गछिया खोलामा सोमबार बिहान २४ वर्षीया विवाहित महिलाको अर्धनग्न शव फेला परेको छ । सुन्दरहरैँचा नगरपालिका–७ की छेविनी ऋषिदेवलाई घरनजिकको गछिया खोलामा मृत फेला पारेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले खोलाबीचको भंगालोमा घोप्टो परेर रहेको शव बाहिर निकालेको थियो । शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएर खनाल नेतृत्वकै टोलीले घटनाको अनुसन्धान थालेको छ ।

शव बाहिर निकाल्दा महिलाको शरीरको कम्मरभन्दामुनिको भाग पूरै कपडाविहीन थियो । कम्मरमाथि पनि भित्री वस्त्र मात्रै रहेको अवस्थामा खोलाको पानीभित्र शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए । उनका अनुसार खोलाको भंगालोमा घोप्टो परेर अड्किएको अवस्थामा महिलाको अर्धनग्न शव फेला परेको हो । शव भेटिएको स्थाननजिक खोजी गरिए पनि कपडा फेला पार्न नसकिएको जिसीले बताए । घटना रहस्यमय एवं शंकास्पद देखिएपछि मृतक महिलाका श्रीमान २६ वर्षीय मन्जे ऋषिदेवलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको जिसीले बताए । उनका अनुसार आइतबारसाँझ श्रीमान–श्रीमतीबीच सामान्य भनाभन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पारिवारिक विवादपछि बेलुका ८:३० बजेतिर घरबाट श्रीमती निस्किएर हिँडेको मन्जेले प्रहरीलाई बताएका छन् । ‘बेलुका श्रीमान र श्रीमतीबीच घरझगडा भएछ । बिहान खोलामा श्रीमतीको अर्धनग्न शव भेटिएको छ,’ जिसीले भने, ‘त्यही भएकाले घटनालाई अस्वभाविक मानेर विभिन्न कोणबाट अनुसन्धान थालिएको छ । मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ ।’ बेलुका घरमा श्रीमान र श्रीमतीबीच दोहोरो भनाभन एवं वादविवाद भएको छरछिमेकीले पनि सुनेका थिए । उक्त जानकारी स्थानीयले दिएपछि प्रहरीले मृतक महिलाका श्रीमान मन्जेलाई नियन्त्रणमा लिएको हो । मन्जेले श्रीमतीले अत्याधिक मादक पदार्थ सेवन (मापसे) गरेर आएका कारण भनाभन र विवाद भएको प्रहरीलाई बताएका छन् ।

उनले प्रहरीलाई दिएको जानकारी अनुसार दोहोरो वादविवादपछि राति ८:३० बजेतिर छेविनी घरबाट निस्किएर सम्पर्कविहीन बनेकी हुन् । घरबाट निस्किएर रातको समयमा वेपत्ता भएकी उनको शव खोजी गर्ने क्रममा बिहान खोलामा भेटिएको जिसीले बताए । स्थानीय बासिन्दाका अनुसार दुवै जना मादक पदार्थ सेवन (मापसे) गरेर घरमा आउने र दैनिकजसो झैझगडा एवं वादविवाद गरिरहन्थे । मृत फेला परेकी छेविनीको शरीरमा बाहिरी चोटपटक भने नदेखिएको प्रहरीले जनाएको छ । ‘घटना कसरी भयोभन्ने यकिन गर्न सकिएको छैन । मृतकको शरीरमा बाहिरी चोटपटक छैन,’ जिसीले भने, ‘शरीरको भित्री भागमा कुनै असर परेको हुनसक्छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि र थप अनुसन्धानबाट घटनाको यथार्थ खुल्ने छ ।’उनका अनुसार घटना हत्या हो कि मृत्युको अरु नै कारण छभन्ने नखुलेका कारण गहिरिएर अनुसन्धान थालिएको छ । शरीरमा लगाएका पूरै कपडा नभेटिँदा भने घटनालाई अस्वभाविक मानेर गम्भीर ढंगले अनुसन्धान थालिएको जिसीले बताए ।

स्थानीयका अनुसार पारिवारिक आर्थिक अवस्था कमजोर रहेका मन्जे परिवार धान्नका लागि दैनिक ज्यालामजदुरी गर्थे । श्रीमती गछिया खोलामा ढुंगा र गिट्टी संकलनको काम गर्थिन् । ऋषिदेव दम्पतिका आठ वर्षमुनिका दुई छोरा र एक छोरी गरेर तीन सन्तान रहेको स्थानीयले बताए । पुर्बेली न्यूज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah