काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बढ्दो व्यापार घाटा चिन्ताको विषय भएको बताएका छन् ।बुधबार नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको पद बहालीपछि आयोजित ब्रिफिङमा उनले बढ्दो व्यापार घाटा सोच्नैपर्ने आवस्थामा रहेको बताए ।
उनले बढ्दो व्यापार घाटा कम गर्न निकै मिहिनेत गर्नुपर्ने भन्दै त्यसका लागि निर्यात प्रवर्द्धनलाई थप प्रोत्साहन गर्नुपर्ने बताए ।



