नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने निष्कर्ष निकालेको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले निर्धारित कार्यतालिका अनुसार महाधिवेशन सम्पन्न गर्ने निष्कर्ष निकालेको हो ।

आगामी भदौ १६–१९ का लागि काँग्रेस महाधिवेशनको मिति तोकिएको छ भने साउन १२ गतेबाट वडा अधिवेशन गर्ने भनिएको छ । काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार बैठकमा समायोजन समिति, निर्वाचन समिति र क्रियाशील छानविन समितिले कार्यप्रगति र समस्या सुनाएको थियो ।

बैठकले निर्वाचन समितिले चुनावको निर्देशिका बैठकमा प्रस्तुत गरेको थियो । सहमहामन्त्री सुनील थापाले रातोपाटीसँग भने, ‘संविधान, पार्टी विधान र नियमावलीसँग मिल्ने गरेर निर्देशिका संशोधन गर्ने निर्णय भएको छ । संशोधनपछि निर्देशिकालाई केही दिनमै केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन गरिने छ ।’

क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले ७५ जिल्लाको क्रियाशील सदस्यताको काम सकिएको बताएका थिए । दुई जिल्लाको समायोजन हुन बाँकी रहेको लेखकको भनाइ छ । आइतबारसम्म क्रियाशील सदस्यताको प्रतिवेदन सभापति समक्ष बुझाउने बताएका थिए । आजको बैठकमा मन्त्रिमण्डल विस्तार, विश्वासको मतका सन्दर्भमा कुनै छलफल नभएको थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah