यातायात व्यवसायीको मागअनुसार, सरकारले लामो दूरीका सार्वजनिक यातायातका साधनको भाडा बढाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार, लामो दूरीका सार्वजनिक यातायातका साधनको भाडा समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। २७ असारमा तत्कालीन यातायातमन्त्री वसन्तकुमार नेम्वाङले गाडी भाडा बढाउने निर्णय गरेका थिए।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका आधारमा गाडी भाडा बढाएको विभागले जारी गरेको सूचनामा जनाइएको छ। अहिले लामो दूरीका यातायातका साधनमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाइएको हो।

विभागले जारी गरेको सूचनामा यात्रुबाहक सवारी साधनमा २८ प्रतिशत भाडा बढाएको जनाइएको छ। त्यस्तै, मालबाहक सवारीको पहाडी रुटमा २० प्रतिशत र तराईका रुटमा २६ प्रतिशत भाडा बढाइएको छ।

लामो दूरीका डिलक्स गाडीमा बढेको भाडामा पनि थप २० प्रतिशतसम्म लिनसक्ने व्यवस्था गरिएको छ। बृद्धि भएको भाडा २९ असारदेखि लागू गरिएको छ।

यस्तो छ देशभरीको नयाँ भाडादर :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah