डिस्लेक्सिया एक मानसिक विकार हो । बालबालिका यो विकारको अधिक शिकार हुने गर्छन् ।

यसले बालबालिकालाई पढ्न, लेख्न र सम्झन कठिनाइ हुन्छ । कतिपय अवस्थामा लेखिएका अक्षरहरू धमिलो देखिन्छ र बोल्न पनि समस्या हुन्छ ।

विशेषज्ञका अनुसार यो आनुवांशिक रोग पनि हो, जो एक पुस्तादेखि अर्को पुस्तामा सर्दै जान्छ ।

साथै मस्तिष्कमा कुनै प्रकारको चोट लाग्यो भने पनि डिस्लेक्सियाको समस्या हुन सक्छ । यसका लागि बालबालिकाको हेरचाह राम्रोसँग गर्नुपर्छ । बालबालिकामा डिस्लेक्सियाको लक्षण देखिए तत्काल डाक्टरको सल्लाह लिनुपर्छ ।

लक्षण

अक्षर चिन्ह गाह्रो हुने
शब्द उच्चारणमा समस्या
ढिलो बोल्नु
उमेरका हिसाबले वृद्धि विकास नहुनु
चाँडै भुल्नु
सुन्नमा पनि समस्या
यसका प्रकार

स्वास्थ्य विज्ञका अनुसार डिस्लेक्सियाका तीन प्रकार हुन्छन् । पहिलो प्राथमिक, जसमा बच्चालाई पढ्न र सम्झिन समस्या हुन्छ ।

दोस्रो माध्यमिक, गर्भका बेला बच्चाका मस्तिष्क विकासका क्रममा यस्तो समस्या आउँछ । यद्यपि माध्यमिक डिस्लेक्सियापीडित बालबालिका उमेर बढेसँगै शिक्षामा औसत हुन्छन् ।

तेस्रो प्रकार आघात डिस्लेक्सिया भनिन्छ । मस्तिष्कमा गम्भीर चोट लागेमा यस्तो समस्या हुन्छ । यो स्थितिमा पीडितले सम्झने शक्ति गुमाउँछ ।

सम्भव छ उपचार

चिकित्सा क्षेत्रमा डिस्लेक्सियाको उपचार सम्भव छ । डिस्लेक्सिया एक आनुवांशिक रोग पनि हो । यो स्थितिमा उपचारमा कठिनाइ हुन्छ ।

अन्य स्थितिमा भने उपचार सम्भव छ । यसको लक्षण देखिए चिकित्सकको सल्लाह लिनुस् ।

प्राथमिकस्तरमै भए उपचार गर्न सकिन्छ । साथै बालबालिकाको मनोभावलाई बुझेर हौसला दिनुपर्छ । बालबालिकालाई काउन्सिलिङको आवश्यकता पनि पर्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah