झापाको दमकको वडा नं. २ मा सूर्य र गाइबीच कडा टक्कर भएको छ । नेकपा एमालेका रोमनाथ ओलीलाइ र राप्रपाका राम थापाले कडा टक्कर दिएकाछन् । थापाले मतान्तर छोट्याउदै गएर ओलीलाइ भेटन लागेकाछन् । जम्मा यस वडामा मतान्तर ४ मात्र रहेको छ ।
यो राप्रपाको पकड क्षेत्र हो । यस परिणामसंग दमकमा मत परिणाम अब के आउला भनेर सबैलाइ कौतुहल जगाएको छ । रोमाञ्चकारी प्रतिस्पर्धाका कारण अहिले सर्वसाधरण छिनछिनको मत परिणाम सुन्न आतुर रहेकाछन् ।
रोमनाथ ओली ५१६
राम थापा ५१२
गगन पुरी २४२
ढुण्डिराज भण्डारी २२३




