चितवन जिल्लामा ९३ हजार बढीले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । २ वटा फरक–फरक कम्पनीका गरी ९३ हजार ३७२ जनाले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ जनाले दोस्रो डोज लगाइसकेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जिल्लामा गत माघबाट खोप अभियान सञ्चालन भएको हो । शुरूमा कोभिसिल्ड खोप लगाइएको थियो ।

पहिलो डोज ३९ हजार ८७९ जनाले लगाएकोमा दोस्रो डोज १३ हजार १७२ जनाले मात्रै लगाएका छन् । कोभिशिल्ड अन्यलाई बाँकी रहेको छ ।

भेरोसेल ५३ हजार ४९३ ले पहिलो मात्रा लगाइसकेका छन् । तीमध्ये १० हजार ७६६ ले दोस्रो मात्रा पनि लगाएको तिवारीले जानकारी दिए । हालसम्म चितवनको जनसंख्याको १३.५ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइसकिएको छ ।

जिल्लामा अनुमानित जनसंख्या ६ लाख ९७ हजार रहेको छ । समग्र देशको तुलनामा चितवनको खोप कभरेज बढी भएको तिवारीले बताए । उनले भने, ‘समग्र देशको ७ प्रतिशत हाराहारीलाई खोप लगाउँदा चितवनमा १३.५ प्रतिशतलाई खोप लगाइएको छ ।’

जिल्लामा खोप अभियान निरन्तर हुने भएको छ । साउन ११ गतेदेखि भेरोसेल र १४ गतेदेखि जोन्सनको खोप अभियान सञ्चालन हुन लागेको छ । यी दुवै अभियान सम्पन्न भएपछि ५० वर्षभन्दा कम उमेर समूहका लागि अभियान सञ्चालन हुने भएको हो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले भने, ‘खोप अब नियमित हुन्छ, सबैले खोप पाउने अवस्था सिर्जना भएको छ ।’ उनले अगाडि भने, ‘आफ्नो समूहको पालो कुर्नुहोस्, धैर्य गर्नुहोस्, सबैले खोप पाउनुहुन्छ ।’

राज्यले नै प्राथमिकता तोकेर खोप वितरण गरिरहेको भन्दै उनले आ–आफ्नो समूहमा खोप लगाउन सबैसँग आग्रह गरे ।

साउन ४ गतेदेखि सञ्चालित खोप अभियानमा मौज्दात सकिएका कारण स्थगन भएर भेरोसेल खोपको पहिलो मात्रा बाँकी रहेकालाई साउन ११ गतेबाट १३ गतेसम्म खोप लगाइने भएको छ । प्रमुख तिवारीका अनुसार ५५ वर्ष र सोभन्दा बढी उमेर समूहका, विद्यालय र विश्वविद्यालयका शिक्षक, कर्मचारी र प्राध्यापक, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक र सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिलाई यो खोप लगाइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah