झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७/०७८ मा शून्य रहेको अध्यागमन कार्यालय झापाले जनाएको छ । कोभिड–१९ का कारण सरकारले पर्यटकलाई सीमानाकाबाट नेपाल प्रवेशमा रोक लगाएसँगै यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या शून्य भएको हो ।

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख जनक कोइरालाले कोरोना भाइरसको महामारीका कारण आर्थिक वर्ष २०७६/०७७ को चैत ११ गतेदेखि हालसम्मको अवधिमा एकजना पर्यटक पनि नेपाल प्रवेश नगरेको बताए। नेपाल सरकारले विदेशी पर्यटकलाई हवाई मार्गबाट मात्र नेपालमा प्रवेश खुल्ला गरेको तर सीमानाकाबाट अझै प्रवेशमा रोक लगाइरहेको उनले बताए । उनका अनुसार यो नाका भएर विदेश जाने पर्यटकका लागि १५ महिनाको अवधिमा एउटै पनि भिसा जारी भएको छैन ।

उनले भारतीय नाकासम्म आएका पर्यटले नेपाल घुम्न आउनका लागि अध्यागमन कार्यालयमा सम्पर्क गरिरहेको बताए । “धेरै तेस्रो मुलुकबाट आउने पर्यटकले नेपाल घुम्नका लागि आएका छौँ, व्यवस्था मिलाइदिनु प¥यो भनेर भारतीय सीमा क्षेत्रमा आएर सम्पर्क गर्नुहुन्छ”, उनले भने, “तर कोभिड–१९ का कारण नाकाबाट अहिले तपाईंहरुलाई प्रवेश निषेध छ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउनुहोस् भनेर अनुरोध गर्छौं ।”

भिसा नवीकरण जारी

अध्यागमन कार्यालय काँकडभिट्टाले हाल भिसा नवीकरणबाट मात्र आर्थिक वर्ष २०७७/०७८ मा रु ५० लाख ६४ हजार ४२१ राजस्व सङ्कलन गरेको छ । यो गत वर्षको तुलनामा आधा कम हो । उनका अनुसार गत वर्ष कार्यालयले पर्यटक भिसाबापत रु एक करोड एक लाख २३ हजार ७४० राजस्व सङ्कलन गरेको थियो । कार्यालयले एक वर्षको अवधिमा ३५० विभिन्न प्रकारको भिसा नवीकरण गरेको कार्यालयप्रमुख कोइरालाले बताए । उनका अनुसार कार्यालयले पर्यछक, नाता, वैवाहिक र एनआरएनलगायतका भिसाको नवीकरण गरिरहेको छ ।

कोडिभ–१९ को जोखिम नहुँदासमेत नेपालमा भिसा जारी गरेर तेस्रो देशबाट घुम्न आउने पर्यटकले १५० दिन बस्न पाउने व्यवस्था थियो तर लकडाउन शुरु भएसँगै नेपालमा रहेका पर्यटकले भिसा नवीकरण गरेर २१० दिनसम्म बस्न पाउने सरकारले व्यवस्था मिलाइदिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah