दमक/ झापाको दमकसंग जोडिएको कमल गाँउपालिकामा पनि पुर्ण लकडाउनका घोषणा भएको छ । भोली विहानदेखि लागु हुने गरी लकडाउन गर्ने निर्णय भएको बताईएको छ । अत्यआवश्यक बाहेकका सबै सेवाहरु बन्द गरिने गाँउपालिकाले जनाएको छ ।
झापाका अधिकाँश स्थानीय तहहरुले लकडाउन घोषणा गर्न थालेकाछन् । पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै गएपछि लकडाउन शुरु हुन थालेको हो । लकडाउन कार्यन्वयन पनि धेरै नै फितलो रहदै आएको छ ।




