गुल्मी । गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार मध्याह्न मुसीकोट नगरपालिका ४ स्थित दोभानमा जीप दुर्घटना भएको हो ।
गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु१ज ४५५९ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार मृतकको सनाखत हुन कसेको छैन ।
अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । फाइल तस्बिर



