मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपिओमा आवेदन दिने म्याद थप भएको छ । आयोजना प्रभावितहरुले शेयर भर्न नपाएको गुनासो गरेपछि आयोजनाले म्याद थप गरेको हो ।

कम्पनीको आईपिओमा साउन १७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । साउन १७ गतेसम्म पुरै शेयर बिक्री नभएमा म्याद थप गर्न सकिने व्यवस्था थियो । तर पुरै शेयर बिक्री भएपछि पनि स्थानीयको मागलाई सम्बोधन गर्दै म्याद थप गरिएको आयोजनाले जनाएको छ । अब आईपिओमा साउन ३२ गते सम्म आवेदन दिन सकिने छ । तर, नेपाल धितोपत्र बोर्डको अनुमति लिन बाकी रहेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०५ अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

आईपिओमा ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, इसेवा, आईएमई पे बाट अनलाइन आवेदन दिन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah