मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालमा पिलोको शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् ।

मोरङको धनपालथान गाउँपालिका–६, कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्यु भएपछि आक्रोशित भएका मृतकका आफन्तले सोमवार राति अस्पताल तोडफोड गरेका हुन् ।

मलद्वारमा रहेको पिलोको शल्यक्रिया गरिएका हुसेनको मृत्यु भएपछि आक्रोशित परिवारका सदस्य र आफन्तले तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ ।

हुसेनलाई उपचारका लागि सोमवार बिहान भर्ना गरिएको हो । लापरवाहीपूर्ण तरिकाले उपचार गरेर हुसेनको मृत्यु भएको भन्दै मृतकका आफन्तले नाराबाजी गर्दै अस्पताल तोडफोड गरेका थिए ।

उनीहरूले पीडित परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने र शल्यक्रियामा कमजोरी गर्ने चिकित्सकलाई कारवाही हुनुपर्ने माग राख्दै नाराबाजीसमेत गरेका थिए ।

हुसेनको अस्पतालका सर्जन डा. सरोज राजवंशी नेतृत्वको चिकित्सक टोलीले सोमवार साँझ शल्यक्रिया गरेको थियो ।

शल्यक्रियापछि बिरामीको अवस्था गम्भीर बनेकाले अस्पतालले उनलाई थप उपचारका लागि भेन्टिलेटरमा राखेको अस्पताल प्रशासनले जनाएको छ । हुसेनको राति १० बजेतिर निधन भएको हो ।

अस्पताल तोडफोड भएपछि मोरङ प्रहरीले सात जनालाई पक्राउ गरेको छ । तोडफोडमा संलग्न भएको आरोपमा सात जनालाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनपालथान–६ का ३४ वर्षीय मोहमद आजाद, ३३ वर्षीय मोहमद अख्तर, ३० वर्षीय मोहमद साजद, २३ वर्षीय मोहमद जुवेर, ३८ वर्षीय नारायण सहनी, ३६ वर्षीय मोहमद इरसाद र २० वर्षीय मोहमद सुवेर रहेका छन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah