काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।
अपराह्न ४ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकका प्रधानमन्त्री र चार मन्त्रीहरूको सहभागिता रहनेछ । राज्यमन्त्री भने क्याबिनेट बैठकमा उपस्थित हुने प्रचलन छैन ।प्रधानमन्त्री नियुक्त भएको २२ दिनसम्म समेत मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।
यसैबीच प्रधानमन्त्री देउवाले हिजो भएको उच्च अधिकारीको सरुवामा हस्तक्षेप गर्नुभएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले हिजो गर्नुभएको चार जना स्वास्थ्य अधिकारीको सरुवा निर्णयलाई प्रधानमन्त्री देउवाले तत्काल कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो ।
मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी डा जागेश्वर गौतमलाई प्रसूति गृहमा सरुवा गरी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा रुद्र मरासिनीलाई नियुक्त गरेको थियो ।
यस्तै सार्क क्षयरोग केन्द्रका प्रमुख डा विवेक लाललाई मन्त्रालयको समन्वय शाखामा तानिएको थियो । लालको ठाउँमा ११ महिनादेखि मन्त्रालयमा जगेडामा बस्दै आउनुभएका रिता जोशीलाई पठाइएको थियो ।



